आज :

देशका यी ठाउँमा राति ८ बजेसम्म मतदान हुने

परासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान जारी रहने भएको छ । पानी परेका कारण केही मतदानस्थलमा मतदान कार्य ढिलो भएको हो ।

सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो । ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

मतदान ढिला हुने पालिकाका केही स्थलमा बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका छन् । अन्य पालिकाको मतदान कार्य सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पुर्‍याउने काम भइरहेको । मत गणना राति १० बजेबाट सुरु गर्ने गरी तयारी गरिएको उनले बताए ।

उता रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।

त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal