आज :

एमाले उपमेयर उम्मेदवारविरूद्धको मुद्दामा सर्वोच्चले के दियो अन्तरिम आदेश ?

विराटनगर । विराटनगर महानगरमा एमालेबाट उपमेयर उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरूद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने बताएको छ।

किर्ते कागजात पेस गरेर उम्मेदवारी सदर गराएको भन्दै कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटमाथि सुनुवाइ सकिएपछि सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने बताएको हो।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश गरेको हो। यसअघि सो रिटको बुधबार नै पेसी रहेको थियो।

उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका थिए।

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए।

कार्कीले स्वास्थ्य मन्त्रालयमा राजीनामा दर्ता गरिसकेको निवेदनको प्रतिलिपि पेश गरेपछि उजुरीकर्ताको माग दाबी नपुगेको भन्दै निर्वाचन कार्यालयले कार्कीको उम्मेदवारी सदर गराएपछि यादव सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal