आज :

गिरफ्तार परेको ७ घण्टामै छुटे पार्टी संयोजक कञ्चन

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार परेको ७ घण्टापछि रिहा भएका छन् । बिहिबार बिहानै दाङको भालुवाङबाट गिरफ्तार संयोजक कञ्चनलाई प्रहरीले केहि समयको सोधपुछपछि छोडेको छ ।

हिरासतबाटै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि उनी रिहा भएका हुन्। रिहा भएपछि अहिले दाङबाट हिडिसकेको संयोजक कञ्चनले जानकारी दिएका छन् ।

‘केहि गलत रिपोर्टिङहरु पनि भएको रहेछ, मेरो प्रधानमन्त्री देउवा जी र गृहमन्त्री बालकृष्ण खाँणसंग पनि फोनमा कुराकानी भयो । उहाँहरुसँग मैले आफ्नो कुरा राखे’ उनले भने ।

नेकपा बहुमतले चुनाव बहिस्कार गर्ने निर्णय गरेको भन्दै सुराकीहरुले ‘फेक रिपोर्टिङ’ गरेपछि संयोजक कञ्चन र अर्का नेता सुदर्शनलाई निगरानीमा राख्न प्रहरी हेडक्वार्टरले देशभरका प्रहरी युनिटहरुलाई परिपत्र गरेको थियो ।

सोहि परिपत्रका आधारमा पोखराबाट सुर्खेत हिडेका संयोजक कञ्चनलाई प्रहरीले बिहानै ४ बजे घोराहीबाट नियन्त्रणमा लिएको हो । यता दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले नेता कञ्चनसँगकाे छलफलपछि नेकपा (बहुमत) पार्टीको चुनाव बिथोल्ने कुनै योजना नभएको प्रष्ट भएको बताए ।

कञ्चनको गिरफ्तारीलगत्तै नेकपा (बहुमत)का नेता सुदर्शनले पनि विज्ञप्ति जारी गर्दै स्थानीय चुनावको सशस्त्र बहिष्कार गर्ने नीति नभएकाले बास्तोलालाई रिहा गर्न माग गरेका थिए। यस्तो छ कञ्चन र सुदर्शनलाई निगरानी गर्न प्रहरी हेडक्वार्टरले जारी गरेको सर्कुलर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal