आज :

गठबन्धनका उम्मेदवारलाई जिताउन शक्ति बस्नेत र राजिव शाह जाजरकोटका गाउँगाउँमा

  • अनलाइन डबली

जाजरकोट । स्थानीय तह निर्वाचन आउन अब पाँच दिन बाँकी छन् । मौन अवधि सुरु हुन दुई दिन बाँकी रहँदा नेकपा माओवादी केन्द्रका स्थायीय समिति सदस्य शक्तिबहादुर बस्नेत र नेपाली काँग्रेसका नेता राजिवविक्रम शाह जाजरकोटको गाउँगाउँमा पुगेका छन् । दुबै नेता गठबन्धनका उम्मेदवारलाई जिताउन जिल्लामा खटिएका हुन् ।

जिल्लामा गठबन्धन भएका पालिकामा बस्नेत र शाहले संयुक्त रुपमा चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने आआफ्ना पार्टीले आयोजना गरेका चुनावी सभा, घरदैलो र आन्तरिक छलफलमा सहभागी भइरहेका छन् ।

शनिबार जुनिचाँदे गाउँपालिकामा भएको गठबन्धनको संयुक्त चुनावी सभालाई बस्नेत र शाहले सम्बोधन गरेका थिए । पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले शान्ति र लोकतन्त्रको लागि बाम लोकतान्त्रिक गठबन्धन बनाएको बताउँदै संयुक्त उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले गठबन्धन उम्मेदवारले नजिते प्रतिगामी शक्ति हावि हुने र परिवर्तनमाथि नै खतरा हुन सक्ने आउन सक्ने बताए ।

त्यसैगरी काँग्रेस नेता शाहले गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै साँझा उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले गठबन्धनमा माओवादी र काँग्रेस भनेर नछुट्याउने आग्रह गरे । काँग्रेसको महाधिवेशनले नै गठबन्धन गर्ने निर्णय गरेकाले यसको पालना गर्नु काँग्रेस नेता कार्यकर्ताको दायित्व भएको समेत बताए ।

शनिबार भएका कार्यक्रममा सोही गाउँपालिकाका नेकपा एमालेका काबअध्यक्ष राम बहादुर सिंहको नेतृत्वमा एक दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सिंहसँगै वडा कमिटी अध्यक्ष मान बहादुर सिंह, उपाध्यक्ष वीर बहादुर शाही गाउँपरिसद सल्लाहकार जयबहादुर सिंह, वडा समिती सदस्य मातु सिंह, दल बहादुर सिंह, धन बहादुर सिंह, देउसरी सिंह, अमृता शाही, जयन्ता देबी शाही, देबिका शाहीलगायत माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।

त्यसैगरी माओवादी नेतृ तथा सांसद सत्य पहाडी गठबन्धनका उम्मेदवारलाई जिताउन जाजरकोटमा चुनावी अभियानमै छन् । उनले महिलालगायत उत्पीडित क्षेत्र र वर्गले पाएको अधिकार माओवादीले लडेर ल्याएको बताउँदै अब उक्त वर्गको अवस्था दल्ने अभियानमा आफूहरु लागेको बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal