आज :

देउवाले कार्यकर्तालाई भने- महाधिवेशनले गठबन्धन गरेन जाने निर्णय गरेको हो, सबैले पालना गर्नु

  • अनलाइन डबली

बुटवल । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको निर्णय र निर्देशनको पालना गर्न कार्यकर्तालाई दिर्नेशन दिएका छन् । बुटवलमा पाँच दलीय गठबन्धनले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पार्टीको महाधिवेशनले नै गठबन्धन गरेर जाने निर्णय गरेकाले कोही गठबन्धनको विरोधमा जान नहुने बताए ।

प्रधानमन्त्री देउवाले गठबन्धनको निर्णय पालना गर्नु हरेक सदस्यको दायित्व भएको बताउँदै गठबन्धन रहरले नबनेको समेत बताए ।

“यो गठबन्धन कुनै रहरले बनेको होइन, ओली नेतृत्वको सरकार पूर्ण असफल भएपछि गठबन्धन भएको हो । प्रजातन्त्रको भविश्यका लागि स्थायी बनाउन गठबन्धन गरेका हौं, त्यसैको बचाउको लागि अहिलेको सरकार बनेको हो” देउवाले भने । ओलीले जनता तर्साउने गरेको बताउँदै अहिले कुनै त्रास छैन, कुनै दुःख नदिएको देउवाले दाबी गरे । उनले ओलीले ठूलो अत्याचार गरेकाले आफूहरु गठबन्धन गर्न बाध्य भएको बताइ ।

प्रमुख प्रतिपक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोध गरे संसद भंग गर्ने, अदालतबाट फिर्ता भए संसद चल्न नदिने रोक्ने कार्य गरेको बताए । संविधानमा व्यवस्था नभपनि ओलीले रहरले संसद भंग गरेको बताउँदै देउवाले अदालतले रोके पनि ओलीले नै संसद चल्न नदिएको दाबी गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal