आज :

चितवन भेला सकियाेः पार्टीको नाम- नेकपा (बहुमत), ८१ सदस्यीय महाधिवेशन आयोजक समिति

  • अनलाइन डबली

काठमाडौँ । बुधबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको चितवन भेलाले पार्टीको नाम र कार्यदिशा परिवर्तन गर्दै समान भएको छ । विशेष राष्ट्रिय भेलाले विप्लव र प्रकाण्डलाई कारवाही गर्नुको साथै एकीकृत जनक्रान्तिको कार्यदिशा खारेज समेत गरेको छ ।

एक केन्द्रीय सदस्यका अनुसार भेलाले संयोजक धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति समेत बनाएको छ । नेकपा बहुमतले अब ९ औं महाधिवेशन गर्ने भएको छ । त्यसको मिति र स्थान सार्वजनिक गरिएको छैन ।

“पार्टीको नाम नेकापा बहुमत राखेका छौं । विचारमा हामी बहुमतमा छौं । विप्लव प्रकाण्डले लत्याएपनि उक्त विचारको रक्षा गर्ने जिम्मा हामीले लिएका छौं” एक केन्द्रीय सदस्यले अनलाइन डबलीसँग भने । उनले रुसमा लेनिनले पार्टीको नाम पछाडि बोल्सेभिक राखेको स्मरण समेत गरे ।

भेलाले लिएका निर्णय सार्वजनिक गर्न काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरिने एक नेताले बताए । “हामीले केही महत्वपूर्ण निर्णय लिएका छौं, अब काठमाडौँ पुगेर पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं” ती नेताले भने ।

भेलामा संयाेजक धर्मेन्द्र बास्ताेलाले  राजनीतिक प्रतिवेदन पेश गर्दै विप्लवमा राजनीतिक, दार्शनिक र संगठनात्मक रुपमा देखा परेका समस्याका कारण पार्टीलाई संसदवादमा पुर्याउन लागेकाले आफूहरुले विद्रोह गरेको बताए । बास्तोलाले विप्लव दार्शनिक रूपले सारसंग्रहवादी, राजनीतिक रूपमा संसदीय संशोधनवादी, संगठनात्मक रूपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी भएकोले एकीकृत जनक्रान्ति असफल भएको दाबी समेत गरे ।

एक नेताका अनुसार भेलाले देशभर पार्टी पुनर्निर्माण अभियान सुरु गरिनेछ । त्यो दुईदेखि तीन महिनासम्मको कार्यक्रम बनाइनेछ । त्यसपछि राष्ट्रिय भेला बोलाउने र राजनीतिक दस्तावेजलाई थप समृद्धि गर्ने र केन्द्रीय समितिको बिस्तार गर्ने नेकपाको तयारी छ । पार्टीको नाम नयाँ राख्ने वा यही राख्ने भन्नेबारे पनि भेलामा छलफल भएको छ । अहिलेलाई नेकपा नै राख्ने धेरै नेताहरुको सुझाव दिएका छन् । सबै कमिटी पुनर्गठन नभएसम्म नेकपा नै नाम राख्न सुझाव धारणा राख्ने नेताहरुले दिएका छन् । विप्लवले पार्टीको निर्णय उलंघन गरेकोले नेकपाको नेतृत्व हुने नैतिक हैसियत गुमाइसकेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal