आज :

अछामकाे पुल्लेतोलामा माओवादीको चुनावी सभा, काँग्रेस-एमाले, एकीकृत समाजवादीमा पहिराे

  • अनलाइन डबली

विनायक । नेकपा (माओवादी केन्द्र) ले पुल्लेतोलामा चुनावी सभा गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा विहीबार चुनावी सभा सम्पन्न गरेको हो ।

पुल्लेतोलोको बगिर बजारमा आयोजित सभालाई माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष अक्कल बहादुर रावलले सम्बोधन गर्दै माओवादीकै अगुवाईमा देशको व्यवस्था बदलिएको बताउँदै अब अवस्था बदल्न माओवादीलाई जिताउनु पर्ने बताए । उनले जनताको अवस्था बदल्न माओवादी भन्दा अरु कसैले नसक्ने भन्दै पार्टीका उम्मेदवारलाई जिताउन अपील समेत गरे ।

त्यसैगरी माओवादी केन्द्रबाट नगर प्रमुखका उम्मेदवार रामबहादुर बिक, उपमेयर रिता रावल, वडा अध्यक्षका उम्मेदवार भीम रावलले आफूहरुले जितेमा जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाली काँग्रेस निर्वाचित पूर्व गाविस उपाध्यक्षसहित एक जना भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीका जिल्ला सदस्य मकर रावल, वडाअध्यक्ष जोरासिंह रावल, नरबहादुर रावल, दिपेन्द्र रावल, दमन रावल, योगेश रावल, अक्कल रावल, प्रेम सुनार, राम सुनार, मेनका सुनार, रुप बिक, जित बिक, राम रावल मणि भुललगायत रहेका छन् ।

नेपाली काँग्रेसबाट २०५४ सालमा निर्वाचित गाविस उपाध्यक्ष पदम रावल, धन बहादुर रावल, जोरासिंह रावल, भरत रावल, विनोद रावल, चक्र रावल, कटक रावल, जानकी रावल, हिमाल रावल, हर्क रावल, पदम रावल, जनक रावल, नन्नसिंह रावल, सागर रावल, डिल्ली भुल, मणिदेवी भुल, उर्मिला भुल, हेमन्त रावल, हर्कबहादुर बिक, लगायत रहेका छन् ।

त्यसैगरी नेकपा एमाले परित्याग गरी वडा सचिव दिनेश रावल, विरेन्द्र रावल, जनक रावल, मन रावल, लगायतले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal