
हुम्ला । कर्णजित बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेकपा माओवादी समाजवादीले आफ्नो पार्टीको तर्फबाट एकजना सदस्यालाई निर्विरोध गराउन सफल भएको छ, यससँगै उसले पनि स्थानिय निर्वाचनमा विजयको सुरुवात गरेको छ ।
गत हप्ता हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाको वाड नम्बर ८(रादेउ)मा दलित महिला सदस्यमा हस्ता वि.क.निर्विरोध निर्वाचित घोषणा भएको सो पार्टीले बताएको छ । स्थानिय निर्वाचनको मिति एक हप्तामात्रै बाँकी रहँदा देशभरी निर्वाचनको रन्को चलिरहेको छ । देशभर लगायत हुम्लाका सबै स्थानिय तहहरुमा उम्मेद्वार उठाएको सो पार्टीले पहिलो जित सुनिश्चित गरेको सर्केगाड गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार रंगमाल रोकायाले अनलाईन डबलीलाई जानकारी दिए । देशभर ठूला पार्टीहरुकोबीचमा भरखरै अगाडी बढेको पार्टी नेकपा माओावदी समाजवादीका निम्ति निकै नै हौसलाको विषय बनेको छ रोकायाले अगाडी भने ।