आज :

नेकपाको चितवन भेलाः ‘एकीकृत जनयुद्ध’ दस्तावेजमाथि समूहगत धारणा राख्न सुरु, भाेलि सकिँदै

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको चितवनमा जारी विशेष राष्ट्रिय भेला जारी छ । बुधबार सुरु भएको भेलामा संयोजक धर्मेन्द्र बास्तोलाले पेश गरेको ‘एकीकृत जनयुद्ध’ नाम दिएको दस्तावेमाथि समूहगत छलफल सकिएको छ । भेलाले १३ वटा समूह बनाएर दस्तावेजमाथि छलफल गरिएकाे थियाे ।

केन्द्रीय सदस्य गुणराज लोहनीका अनुसार समूहगत धारणा राख्ने क्रम आजै सकिने बताए । “१३ वटा समूह बनाएर कमरेडहरुले उच्च जनवादी वातावरण छलफल गर्नुभएको छ । समूहगत धारणा राख्ने क्रम आज साँझसम्म सक्नेगरी तयारी गरेका छौं, नभए भोलि विहानसम्म पनि जान सक्छ । भोलि नै भेला सम्पन्न गर्छौ” लोहनीले अनलाइन डबलीसँग भने ।

बास्तोलाले दस्तावेज पेश गर्दै विप्लवको माक्र्सवाद सम्बन्धी छिपछिपे ज्ञानकै कारण धोका खाएको भन्दै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक गहिरो अध्ययन गरेरै ‘एकीकृत जनयुद्ध’ को कार्यदिशा अगाडि सारिएको बताएका थिए । उनले जनयुद्ध भन्ने बितिकै बन्दुको कुरा उठ्ने गरेको बताउँदै त्यति मात्र नभएको बताए । जनताले गर्ने युद्ध वा क्रान्तिलाई जनयुद्ध भनिएको र त्यो शसस्त्र र वैचारिक संघर्ष दुबै हुने धारणा राखेका थिए । बास्तोलाले अहिले नै पार्टी शसस्त्र संघर्षमा नजाने भन्दै राष्ट्रियता र जनजिवीकाका सवाल उठाउँदै गर्दा राज्य कसरी आउछ त्यो अनुसार अगाडि बढ्ने धारणा राखेका थिए ।

देशभरबाट करिब ३ सय अगुवा कार्यकर्ता भेलामा सहभागी भएको बताइएको छ । त्यस्तै प्रवासबाट पनि प्रतिनिधिहरु सहभागी भएका छन् ।
विप्लवको भन्दा धेरै माथिल्लो स्तरबाट बास्तोलाले राजनीतिक दस्तावेज ल्याएको एक सहभागीले बताए । “विप्लव कमरेडका हरेक हस्तावेज १० पटक पढ्दा पनि जाने मार्ग प्रष्ट भेटिदैन थियो तर यो पटक नेताहरुले मार्ग प्रष्टसहित दस्तावेज ल्याउनुभएको छ । विप्लवको सारसंग्रहवादी दस्तावेजबाट रुमलिएको क्रान्ति वा आन्दोलन अगाडि बढ्छ” उनले भने । विप्लवले एकीकृत जनक्रान्तिको खोलभित्र संशोधनवाद लुकाएको र अहिले सतमा आएको उनले दाबी समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal