आज :

एमाले महाधिवेशनः ३ बजेबाट मतदान, साँझ नै नतिजा सार्वजनिक हुने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पूर्वनिर्धारित निर्वाचन कार्यक्रमअनुसार दिउँसो १ बजेदेखिबाट मतदानको समय तोकिएको छ ।

केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदानको समय दिउँसो ३ बजेलाई सारिएको छ ।

गएराति १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको जनाउँदै उनले मतदानको समय केही घण्टा धकेलिएको बताए । उनका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ ।

पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । ओली र पोखरेल दुवैले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । शंकर ओली र सुरेन्द्र पोखरेल समूहबाट उम्मेदवार बनेका छन् ।

उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ९बादल०, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त, पृथ्वी सुब्बा गुरुङ लगायत ११ जनाको उम्मेदवारी कायम भएको छ ।

उपमहासचिव पदमा योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, विष्णु रिमाल लगायत ७ जना नेताहरू प्रतिस्पर्धामा छन् । त्यस्तै, सचिव पदका लागि भने गोकुल बाँस्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, पद्मा अर्याल, महेश बस्नेतसहित २० जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal