काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वको लागि निर्वाचनको प्रक्रिया अगाडि बढेको छ । जारी ११औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज मतदाताको अन्तिम नामावली र मनोनयनको कार्यक्रम रहेको छ ।
पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय रहेको थियो । दाबी विरोधको टुंगो लगाएर अन्तिम नामावाली प्रकाशन गर्ने निर्वाचित आयोगले जनाएको छ ।
एमालेले गठन गरेको निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवार दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । आयोगका अनुसार उम्मेदवारी दर्ता बिहान समय १०ः३० देखि दिउँसो १ः३० बजेसम्मको समय रहेको छ ।
त्यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २ः३० देखि आधा घण्टालाई राखिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने र मतदान भोलि हुनेछ ।
शनिबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।


अनलाइन डबली




