आज :

कानूनमन्त्री सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन

  • अनलाइन डबली

काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन गरेको छ । सोमबार सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनले भने,‘विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको छ । संम्वाद समितिमा कानून कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा संयोजक हुनुहुन्छ । सदस्यमा सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल हुनुहुन्छ ।’

त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal