चितवन । नेपाल कम्युनिस्ट पार्टीको चितवनमा भएको भेलाले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्कबहादुर विश्वकर्मामाथि कारवाही गरेको छ । बुधाबारबाट चितवन सुरु भएको राष्ट्रिय भेलाले महासचिवबाट विप्लव र प्रवक्ताबाट विश्वकर्मालाई हटाएको हो ।
केन्द्रीय सदस्य गुणराज लोहनीका अनुसार चितवनको पर्सामा भेला जारी छ । भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ । विप्लव-प्रकाण्डलाई कारवाही गरेको दस्तावेज भेला पेश भएको छ । दस्तावेजमाथि समूहगत छलफल गरेर निर्णयमा पुग्ने एक नेताले बताएका छन् । भेलाको सुरुमै क्रान्तिलाई धोका दिएको भन्दै दुबैमाथि गरिएको कारवाही एक मतले पारित गरेको छ ।
भेलाले पार्टीलाई पुनर्गठन गर्ने एक नेताले बताए । चुनावमा सहभागी हुने महासचिव विप्लवले प्रस्ताव गरेपछि नेकपाभित्र विवाद देखिएको थियो । उक्त विवाद फुटको बिन्दुमा पुगेको छ । आजबाट विप्लव नेतृत्वको नेकपा औपचारिक रुपमा विभाजन भएको छ ।
स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्नेसम्म पुगेको हो । पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाटै निष्कासन गरेका थिए ।