काठमाडौं । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
चुनावी प्रचारमा रहेका विष्टविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको छ । पक्राउ पुर्जी जारी भएपनि अहिलेसम्म विष्ट विष्ट पक्राउ भने परिसकेका छैनन् ।
लिखु गाउँपालिका-९ -साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।
फरार विष्टले स्थानीय तह निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए ।
यसबारे नेकपा एमालेले केही बताएको छैन । अदालतले नै पक्राउ पुर्जी जारी भइसकेको हुँदा एमालेलाई धक्का पुगेको छ । विरोध हुँदा पनि फरार व्यक्तिलाई केही नेताहरुको दवावमा विष्टलाई उम्मेदवारी दिइएको बताइएको छ ।