आज :

धर्मेन्द्र-सुदर्शनले बोलाए राष्ट्रिय भेला, विप्लव–प्रकाण्डलाई कारवाही गरेर पार्टी पुनर्गठन गर्ने

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका निलम्बित सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रका ओली ‘सुदर्शन’ ले राष्ट्रिय भेला बोलाएका छन् । चितनवमा आयोजना गरिएको राष्ट्रिय भेला भोलिबाट सुरु हुने बताइएको छ ।

चुनावमा सहभागी हुने प्रस्ताव महासचिव नेत्रविक्रम चन्दले केन्द्रीय समिति बैठकमा पेश गरेपछि सुरु भएको विवाद फुटको संघारमा पुगेको छ । पार्टीको १२ औं केन्द्रीय समिति बैठकमा पेश गरेको विप्लवको प्रस्ताव अस्वीकृत भएको थियो । चुनावमा सहभागी नहुने पक्षमा बहुमत भएपछि बिचको निर्णय गरिएको थियो ।

बैठकले न चुनाव उपयोग न बहिस्कारको निर्णय गरेको नेकपाले पछिल्लो पटक दल दर्ताको प्रयासदेखि उम्मेदवार उठाउन थालेपछि नेताहरु बास्तोला र सुदर्शनले विरोध जनाउँदै आएका थिए । उनीहरुले केन्द्रीय समितिको निर्णय विरुद्ध भएको भन्दै महासचिव विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको सार्वजनिक रुपमै विरोध गर्दै आएका थिए ।

सचिवालय सदस्य बास्तोलाले पार्टीका नेता कार्यकर्ता चुनावमा सहभागी नहुने हुने भए राजिनामा दिएर जानु पर्ने निर्णय भएको तर त्यसको महासचिवबाटै उलंघन भएको बताउँछन् । उनले पार्टीको संस्थापनले पार्टी निर्णयलाई लत्याएको भन्दै विज्ञप्ति निकालेर उम्मेदवारलाई फिर्ता हुन अपील गर्दै विज्ञप्ति जारी गरेका थिए ।

बास्तोलाको उक्त विज्ञप्तिप्रति आक्रोसित विप्लवले अर्को केन्द्र खडा गरेको, बैठकको निर्णयअनुसार चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको साटो फिर्ता हुन भनेको र सुदर्शनले पार्टीविरुद्ध अभिव्यक्ति दिएको भन्दै दुबै जनालाई कारवाही गरेका थिए । उक्त कारवाहीलाइ खारेज गर्दै बास्तोलाले र सुदर्शनले अर्को विज्ञप्ति जारी गरेका थिए ।

महासचिव विप्लवले हालै एक संचारमाध्यमसँगको कुराकानीमा बास्तोला र सुदर्शन पार्टी निर्णयविरुद्ध गएकोले कारवाही गरिएको बताएका थिए । त्यस्तै, उनीहरुलाई सच्चिएर पार्टीमा आउन समेत भनेका थिए । त्यसलाई बास्तोलाले हास्यास्पद भन्दै बहुमतमाथि अल्पमतले कारवाही गर्नु अनैतिक भएको समेत बताएका थिए ।

नेकपा निकट जनवर्गीय संगठन पनि विभाजित भएका छन् । किसान, मजदूर, शिक्षक संगठनका अध्यक्षदेखि अधिकांश पदाधिकारीले बास्तोला र सुदर्शनलाई साथ दिएका छन् भने विद्यार्थीका बहुसंख्यक पदाधिकारी, पत्रकार संगठनका केही पदाधिकारी, प्रवासले पनि विज्ञप्ति जारी गरेर विप्लवले गरेको कारवाही फिर्ता लिनुपर्ने बताएका थिए । उनीहरुले महासचिवबाटै पार्टी विभाजनका विजारोपण गरेको आरोप समेत लगाएका छन् ।

भोलिबाट ३ दिनसम्म चल्ने भेलाको लागि आज देशभरबाट अगुवा कार्यकर्ता चितवन पुग्दैछन् । विद्रोही समूहका एक केन्द्रीय सदस्यका अनुसार आज साँझसम्म सबै प्रतिनिधिहरु चितवन पुगिसक्नेछन् । तत्कालिन ब्यूरो, विशेष कमिटी सदस्य, जिल्ला सेक्रेटरी र केही अगुवा कार्यकर्ता पनि भेलामा सहभागी हुने बताइएको छ ।

भेलाले महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड पार्टी निर्णयविरुद्ध गएकाले कारवाही गरेर पार्टी पुर्नगठन गर्ने एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal