आज :

सर्केगाडमा गठबन्धनको जित पक्का, नीति विपरित आउने पार्टी विरोधी, जैरमा तारासिं रावत

  • अनलाइन डबली

हुम्ला । केन्द्रदेखि स्थानिय तहसम्म चुनावी गठबन्धन बनाएको गठबन्धनको मुख्य दल नेपाली काँग्रेस हुम्लाले सर्केगाड गाउँपालिका वडा नम्बर १(जैर)मा नेकपा(माओवादी केन्द्र)का तारासिंह रावत नै आफ्नो आधिकारिक उम्मेद्वार भएको बताएको छ । सोमबार चुनवी परचार–प्रसारमा जैर पुगेको गठबन्धनको टोलिले आम जनतासमक्ष तारसिंहसहितको टिमलाई मतदान गर्न अपिल गरेको हो ।

नेपाली काँग्रेस केन्द्रीय सांसाद रंगमति शाही, पूर्व सांसद रिता शाही, नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति अध्यक्ष डा.दीपेन्द्र रोकाया, नेपाली काँग्रेसका युवा नेता मानदेव शाही, सर्केगाड गाउँपालिकाका अध्यक्षका उम्मेद्वार ठानबहादुर रोकाया र उपाध्यक्षका उम्मेद्वार चन्द्रसिं कार्की लगायतले गाउँपालिकामा गठबन्धनका उम्मेद्वार र जैरमा अध्यक्षका उम्मेद्वार तारासिंहलाई नै मतदान गर्न आग्रह गरेका हुन् ।

जैरमा भएको चुनावी सभामामा बोल्दै सांसद रंगमति शाहीले जैरमा मात्रै नभएर हुम्ला जिल्लाको कुनै पनि स्थानिय निकायमा काँग्रेसको तर्फबाट छुट्टै उम्मेद्वार छ भनेर भ्रममा नपर्न आग्रह गर्दै जैरमा गठबन्धनका उम्मेद्वार तारासिंह नै आधिकारिक भएको प्रष्ट पारिन् ।
त्यसैगरी पूर्व सांसद रिता शाहीले पनि काहीँ कतै काँग्रेसबाटै पार्टीको निर्देशन विपरित कोही उठ्छ र गठबन्धनको नीति विरुद्ध जान्छ भने सो व्यक्ति पार्टी विपरित ठहरिने जानकारी दिइन् । ‘निर्धक्क भएर सर्केगाडमा गठबन्धनको उम्मेद्वारहरुलाई भोट हाल्नुस र अत्यधिक मतले विजयी गराउनुस’ अगाडी भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal