आज :

रामारोशनमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार साउद मतदाताको घरघरमा 

  • अनलाइन डबली

अछाम । स्थानीय तह निर्वाचन हुने दिन आउन आजबाट ११ दिन मात्रै बाँकी छन् । जिल्लाका राजनीति पार्टी तथा उम्मेदवार चुनावी प्रचामा छन् । जिल्लाकै सामरिक महत्व बोकेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार पहल साउद बस्ती र टोलटोलमा पुगेका छन् ।

सानै उमेरमा जनयुद्धमा पूर्णकालिन भएर विभिन्न जिम्मेवारी पूरा गरिसकेका साउदलाई माओवादीले उम्मेदवारी दिएसँगै पालिकाभरीका युवाहरुले सम्मानको महशुस गरेका छन् । माओवादीले गाउँपालिकाभरी सबै युवा पिढींलाई अघि सारेको छ ।

अभियानमा रहेका साउदले आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको र जितेमा पूरै समय पालिकाबासीको लागि दिने बताए । उनले रामारोशनलाई पर्यटकीय गन्तव्य बनाउने आफ्नो पहिलो योजना रहेको समेत बताए । लोप हुने खतरामा रहेका रामारोशनका ताल संरक्षणदेखि युवाहरुलाई स्वारोजगारसम्मको योजना साउदसँग रहेका छन् ।

जनयुद्धको क्रममा सबैभन्दा बढी प्रभावित क्षेत्रको रुपमा रहेको रामारोशनमा द्बन्दद्बको घाउमा पट्टी लगाउने समेत साउद बताउँछन् । रामारोशनका सहिद परिवार र घाइतेहरुको लागि विशेष योजना बनाएर लागु गर्ने बताए । राज्य र तत्कालिन विद्रोही माओवादी दुबैबाट प्रभावितलाई राहतको महशुस गराउने आफ्नो याेजना रहेको बताए ।

आफूले जितेमा सबै गाउँबासीले जितेको अनुभूति गराउने गरी लाग्ने बताउँदै साउदले भने, ‘यही ठाउको लागि भनेर सानै उमेरमा युद्धमा लागेको हुँ, संयोगले बाचेर फर्किए । फेरि पनि जनताको लागि नै ज्यान दिनेछु र पालिकाबासीले जितेको अनुभूति गराउनेछु ।’ उनले आफू शासक नभएर सेवक बन्ने समेत बताए ।

साउदसहितको चुनाव प्रचार टोली गाउँगाउँमा पुगेको छ । चाफामाण्डाैंमा, बाटुलासैन, भटाकाटिया, रामारोशनलगायतका क्षेत्रका मतदाताको घर र टोलमा पुगेर साउदले आफ्ना प्रतिवद्धता सुनाइरहेका छन् । यसअघिका सरकारले गरेका राम्रा कामको स्वामित्व लिँदै साँच्चिकै सि‌ंहदरबारको अधिकार गाउँसम्म पुगेको अनुभूति गराउने गरी योजना बनाएको साउदले अनलाइन डबलीसँग भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal