आज :

फिर्ता हुँदै काँग्रेस–एमालेका उम्मेदवारले भने– माओवादी केन्द्र लोकप्रिया छ, सबै मिलेर जिताऔं

  • अनलाइन डबली

रुकुम । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारीले नेकपा (माओवादी केन्द्र)लाई लोकप्रिया पार्टी भएको बताउँदै उम्मेदवारी फिर्ता लिाएका छन् । तीनै पार्टीका उम्मेदवारले संयुक्त विज्ञप्ति जारी गर्दै रुकुम चौरजहारी नगरपालिकामा माओवादी केन्द्र सबैभन्दा लोकप्रिय पार्टी भएको बताउँदै आफूहरुले समर्थन गरेको बताएका छन् ।

एकीकृत समाजवादीका वड नम्बर एकका अध्यक्षका उम्मेदवार वीरबहादुर गिरीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा (माओवादी केन्द्र) का चौरजहारी नपा–१ का अध्यक्षका इन्द्र गिरीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । त्यस्तै वीरबहादुरले माओवादीबाट चौरजहारी नगरपालिकाको मेयरका उम्मेदवार पुष्प वादी र उपमेयर इश्वरी शर्मालाई जिताउन नगरबासीलाई अपील समेत गरेका छन् ।

यसैबीच नेकपा एमाले र नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यका ३ जना उम्मेदवारले पनि माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । चौरजहारी नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको तर्फबाट सदस्य पदका उम्मेदवार टीकाराम नेपाली र इन्द्र सार्कीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट वडा नं. ७ कै दलित महिला सदस्य पदका उम्मेदवार शान्ता विकले पनि उम्मेदवारी फिर्ता लिनुभएको हो। उहाँहरु तीनै जनाले माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

उनीहरुले माओवादी उम्मेदवारसँग भएको छलफलमा नगरको समग्र विकासको लागि कुरा गरेको बताएका छन् । सो क्रममा माओवादी उम्मेदवारले नगरको विकास गर्ने प्रतिपद्धता जनाएपछि आफूहरुले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

पश्चिम रुकुम माओवादीको आधार क्षेत्रमा हो । स्थानीय, प्रदेश र संघीय चुनावमा माओवादीको एकल बर्चश्व छ । स्थानीय चुनावमा पनि सबै पालिका माओवादीले नै जित्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal