आज :

गगनको गनगनले गठबन्धनमा गडबड, फिर्ता नहुन काँग्रेसका बागी उम्मेदवारलाई निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । सत्ता गठबन्धनको निर्णय र निर्देशन नेपाली काँग्रेसका नेताहरुले मानेनन् । बागी उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन उलंघन गर्दै भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् ।

गठबन्धनको तर्फबाट रेणु दाहाल उम्मेदवार छन् । उनलाई चुनौती दिँदै पौडेलले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिन भरतपुरमै पुगे । तरपनि पौडेल पछि हटेनन् ।

नेपाली काँग्रेसका चितवनका एक नेताका अनुसार महामन्त्री गगन कुमार थापाले पौडेललाई अगाडि सारेको हुन् । पार्टीले उम्मेदवारी फिर्ता गराउने भनेपनि थापाले पौडेललाई नमान्न भनेका छन् । थापाले चितवनमा काँग्रेस सकिन लागेको भन्दै पौडेलसँग छलफल गरेरै अगाडि सारको बताइएको छ ।

गठबन्धनमा चुनावी तालमेलको छलफल सुरु भएदेखि नै महामन्त्री थापाले विरोध जनाउँदै आएका थिए । उनले काँग्रेस एक्लै चुनावमा जानु पर्ने तर्क गर्दै आएका थिए । पछि सभापति शेरबहादुर देउवाले गठबन्धन गर्नुपर्ने भन्दै अगाडन लिएपछि भने गगन थापाले सार्वजनिक रुपमा बोल्न छोडेका थिए । तर, भित्रभित्रै थापाले गठबन्धन विरुद्ध उम्मेदवारी दिने कार्यकर्तालाई उक्सारहेका थिए ।

गठबन्धनको निर्णयअनुसार बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

शिर्ष नेताहरुले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिहेकै बेला महासचिव गगनले भने नलिन निर्देशन गरेको पौडेलका एक समर्थकले बताए । उनले भने, “सभापतिले फोन गरेर उम्मेदवारी फिर्ता लिनुस् भन्नुभयो तर महामन्त्रीले नडराउनुहोला भनेर फोन गर्नुभयो, हामीले कसको कुरा मान्ने ? पौडेलजीले पनि रहर गर्नुभएको र महामन्त्रीको पनि समर्थन रहेका कारण उम्मेदवारी फिर्ता भएन” एक नेताले भने ।

उता गठबन्धनको निर्णयअनुसार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले दिएको बागी उम्मेदवारी फिर्ता भएका छन् । आफ्नै र गठबन्धन दलका उम्मेदवारीविरुद्ध परेका बागी हिजो फिर्ता लिएर चुनावी अभियानमा जुटेका छन् । गठबन्धनको निर्णयप्रति माओवादी नेताहरु इमान्दार भएपनि काँग्रेसले भने बेइमानी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal