आज :

सामाजिक सञ्जालमा प्रश्नः यौन दुराचारीलाई भोट हाल्न हात काम्दैन ?

  • प्रकाश चाम्लिङ

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ । एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न गर्नेको संख्या बढिरहेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा स्थापितले महानगरकै कर्मचारी रश्मिला प्रजापतिलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

सन २०१८ मा ‘मि टु अभियान’ चलेको बेला रश्मिलाले आफूलाई स्थापितले घुम्न जाने र आफूसँग ‘क्वालिटी टाइम’ बिताउन प्रस्ताव गरेको र प्रस्ताव अस्वीकार गर्दा जागिरबाट निकालिएको गम्भीर आरोप लगाएकी थिइन् । त्यसैगरी, संचारकर्मी उज्वला महर्जनले पनि स्थापितले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

पीडितले सार्वजनिक रुपमै आफूलाई दुव्र्यवहार भएको भनिरहेका बेला स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाएर पुरस्कृत गरेको भन्दै एमालेभित्रै व्यापक विरोध भइरहेको छ ।

स्थापितलाई चोरको संज्ञा दिँदै एलिजा ढकाल ट्वीट गर्छन्– ‘पार्टीले उठायो भन्दैमा ‘यौन दुराचारी’ चोरलाई कसैले भोट हाल्छ ? जनतालाई विवेकहीन सोचेको छ क्या हो एमालेले ! कम्तिमा पार्टीको मान्छेलाई नि भोट हाल्नु मन लागोस् न उम्मेदवार देखेर ।’

त्यस्तै, भोजबहादुर बलयार लेख्छन्– ‘विश्वका अरु देशमा भए विवादित र गैरक्रियाकलापमा संलग्न व्यक्ति जेलमा हुन्थे तर के गर्नु हाम्रो देशमा म विवादित हुँ भन्दै छाती पिटिरहेका व्यक्ति हुने रे ? नैतिकता र संस्कार मरेको देशमा गलतकै हावी । राम जाने !’

‘स्थापित जस्ता दानवका कारण समाजमा कतिले जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुने ?’ भन्दै शिक्षा रिसाल ट्वीटरमा प्रश्न गर्छन्– ‘मान्छे यतिसम्म नि घिनलाग्ने हुन सक्छन् । आरोप लागेका यौन दुराचारीहरुको यस्तो रवाफ छ । मजाक बनाएर हाँसेको छ । यस्तै जगजगी छ । यस्तै दानवहरुका करण कति जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुन्छन् । तर, यस्ता कुराको यो दुनियाँलाई के मतलव ? दिनुस् भोट !’

अमुक दलले यौन दुराचारीलाई ‘बोनस’मा मेयर पद दिएको भन्दै ट्वीटर प्रयोगकर्ता बाबाजी लेख्छन– ‘यतिबेला म मेरो ती सहपाठीलाई सम्झिँदैछु । जसले, काठमाडौंको मेयर पदका विकासप्रेमी भनेर प्रचारित एकजना उम्मेदवारले गरेको यौन उत्पीडनबारे खुलेर बोल्ने आँट गरिन्, तर अमुक दलले उनलाई ‘बोनस’मा मेयर पदको टिकट दियो । यो देश झन् उँभो लाग्दैछ, पत्याइराछु ! के नेतृत्वमा भ्याकुम भएकै हो त ?’

यौन दुराचारको आरोप लागेका एमालेका उम्मेदवारलाई बहिस्कार गरौँ भन्दै खगोल गौतम लेख्छन्– ‘हैट ! जसले गफ दियो उसले फसायो ! ओलीको गफ पत्याएर दुईतिहाइ दिँदा सरकार बनाएर देश लुटेर एसियाकै पहिलो भ्रष्ट देश बनाए । फेरि अर्को स्थापित नामको गफाडी यौनदुराचारी कंलकको टिका लगाएर गफ हानेर चुनाव जित्न खोज्दैछ । यस्ता यौनदुराचारी गफाडीलाई टोलमा बहिस्कार गरौं, सुरक्षित बनौँ !’
एमालेबाट मेयरको टिकट पाएर उम्मेदवारी दर्ता गरेपछि स्थापितलाई पत्रकारले ‘तपाईंलाई यौन दुराचारको आरोप लागेको छ नि’ भन्दै गरेको प्रश्नमा स्थापितले गर्वका साथ भनेका थिए– ‘म जतिको व्यक्तित्व इस्यु उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केवश स्थापित हुन्छ ?’ भनेका थिए ।

यौन दुराचार गरेको विषयलाई गर्वको रुपमा लिएको भन्दै उक्त अभिव्यक्ति पछि पनि स्थापित र स्थापितलाई उम्मेदवार बनाउने एमालेको आलोचना भइरहेको छ ।

यसै विषयमा ट्वीटर प्रयोगकर्ता सरोज तिमल्सिनाले ‘पत्रकारको अगाडि यौन दुराचारी हुनुको पनि घमण्ड गर्ने केवश स्थापित जसलाई उम्मेदवारी बनाएर एमालेले कस्तो महानगर बनाउनु खोजेको ?’ भन्दै प्रश्न गरेका छन् । उनी लेख्छन्– ‘हुन त देशको संघीय राजधानीका बासिन्दाले विवेकको प्रयोग गर्लान्, यौन दुराचारीलाई मत नदेलान ! तर, स्थापितलाई भोट हाल्न एमालेकै महिलाको मन मान्छ ? हात काम्दैन ?’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal