आज :

अन्ततः विप्लव नेकपा फुट्योः विप्लवपछि बास्तोला-सुदर्शनले विज्ञप्ति जारी गर्दै

  • अनलाइन डबली

काठमाडौँ । चुनावको विषयमा विप्लव नेतृत्वको नेकपाभित्र चर्किएको विवाद अन्ततः फुटमा पुगेको छ । बुधबार महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति जारी गरेर सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धमेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेका छन् । योसँगै नेकपाभित्रको विवाद फुटमा पुगेको हो ।

विज्ञप्तिमा विप्लवले पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै सुदर्शन र कञ्चनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बताएका छन् । सुदर्शनले मच्चाएको वितण्डा र कञ्चनले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका सदस्यहरुसँग छलफल गरेको र सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले पार्टीमा यस्तो नहोस् भन्ने चाहँदा चाहँदै विभिन्न तत्वहरुको उक्साहटमा मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले सबै पार्टी पङ्क्तिलाई बाह्रौं पूर्ण बैठकका पारित प्रस्ताव र निर्णयहरुलाई रक्षा र कार्यन्वयन गर्दै निरन्तर अगाडि बढ्न विशेष अपिल समेत गरेका छन् ।

विप्लवले निस्कासनको विज्ञप्ति निकालेपछि बास्तोल र सदुर्शनसहितका नेताहरुको बैठक बसिरहेको छ । स्रोतका अनुसार आजै उनीहरुले पनि विज्ञप्ति जारी गर्ने तयारी गरेका छन् । उनीहरुले केन्द्रीय समितिको निर्णय विपरित पार्टीका जिम्मेवार नेताहरुलाई चुनावमा सहभागी गराएको र पार्टी निर्णयको विरुद्धमा गएकोले महासचिवबाट हटाउन सक्ने एक नेताले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal