आज :

बागी उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनले कारवाही गर्ने

  • अनलाइन डबली

काठमाडौं । सत्ता गठबन्धन दलहरुले बागी उम्मेदवारी फिर्ता नलिनेमाथ पार्टीबाट कारवाही गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कारवाही गर्ने बताएका छन् ।

कांग्रेसको विधानमा बागी उमेदवारलाई कारबाही गर्नेसम्बन्धी स्पष्ट व्यवस्था रहेको छ । सत्ता गठबन्धको निर्णय र निर्देशन स्थानीय कार्यकर्ताले उलंघन गरेर उम्मेदवारी दिएपछि दुबै पार्टीले कारवाही चेतावनी दिएका हुन् ।

कांग्रेसले पार्टी विधानको धारा ३४ १ (घ) मा ‘पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उमेदवार भएमा वा त्यस्तो उमेदवारको प्रस्तावक वा समर्थक भएमा वा निर्वाचनको समयमा पार्टीको उमेदवारका विरुद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विरोध गरेमा वा असहयोग गरेमा’ कारबाही हुने उल्लेख गरेको छ ।

अहिले देश भरबाटै वागी उम्मेदवारको संख्या संकलन गर्ने कार्य भइरहेकोले फिर्ता नलिनेलाई अनुशासन समितिले आवश्यक कारबाही गरिने पार्टी कार्यालयले जनाएको छ ।

३४ ८ (घ) मा ‘अनुशासन भंग गर्ने निकाय वा पदाधिकारी वा सदस्यमाथि कारबाही वा जिल्ला वा प्रदेश अनुशासन समितिको निर्णयमा पुनरवेदन निर्णय गर्दा नियमावली र आचारसंहिताअनुसार कसुर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा निष्कासन गर्ने । त्यस्तो कारबाही गर्दा आफ्नो सफाइ दिने मौकाबाट कसैलाई पनि वञ्चित गरिने छैन’ साथै ८ ( ङ) ‘निलम्बन गर्दा बढीमा एक वर्ष र निष्कासन गर्दा बढीमा पाँच वर्षका लागि गर्न सकिने’ व्यवस्था रहेको छ ।

यसैबीच माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ ।

प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ।

‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न लिदै वागी उम्मेदवार दिने पार्टीका सबै कमरेडहरुलाई २०७९ वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णय विपरीत कदम नचाल्नका लागि निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उम्मेदवारी फिर्ता नलिए प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउनले अध्यक्ष सहयात्रीले बताएका छन् ।

यसअघि माओवादीको भोजपुर जिल्ला समितिले पार्टीको नीति विपरीत नेकपा एमालेसँग तालमेल गरेको भन्दै नेताहरुलाई साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

वैशाख १६ गते ५ बजेभित्र उमेदवार फिर्ता नलिए बागी उमेदवारलाई साधारण सदस्य पनि नरहेन गरी कारबाही गर्ने विधानको अधिकार भएकाले सोहीबमोजिम पार्टीले कठोर निर्णय केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal