आज :

स्थानीय तह निर्वाचनः उम्मेदवारविरुद्ध दाबी–विरोध र उजुरी आज

  • अनलाइन डबली

काठमाडौँ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि हिजो र अस्ति गरी देशभर उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारी विरुद्ध दाबी विरोध वा उजुरी दिने समय आज निर्वाचन आयोगले तोकेको छ ।

पूर्वनिर्धातिर समयअनुसार आज साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिनुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । उम्मेदवारी सोँचेभन्दा धेरै परेको आयोगले जनाएको छ । आज उजुरी लिएपनि आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।

त्यसैगरी १६ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ भने १७ गते उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal