आज :

माओवादीले जितको खाता खोल्यो, अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित

  • अनलाइन डबली

मनाङ। स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताकै दिन नेकपा (माओवादी केन्द्र)ले खाता खोलेको छ । मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्। वडाको भेलाले माओवादी नेता गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्। उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हो।

यसैबीच देशभर उम्मेदवारी दर्ता गराइरहेका छन् । सत्ता गठबन्धनका उम्मेदवारले महानगर र उपमहानगर दर्ता गराइरहेका छन् । काठमाडौँ महानगरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् । काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुगेकी छिन् । सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्‍यालीमा सहभागी छन् ।

सत्ता गठबन्धनलाई चुनौती दिँदै वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनकै अगाडि आफूले दल परिवर्तन गर्नुपर्नाको कारण प्रस्ट पार्दै आफूलाई साविकको दलले सदैव हेप्ने काममात्र गरेको आरोप लगाए । उनले आफूले मेयरका रुपमा हालसम्म गरेका कामलाई टुङ्गोमा पु¥याउन र थप नयाँ काम सुरु गर्न उम्मेदवारी दिएको बताए ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता नागेश कोइरालाले विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो ।

२०७४ को निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal