आज :

कालिकोटमा तीन दलबीच गठबन्धनः पाँच पालिका माओवादीलाई, सान्नी त्रिवेणीमा पुनः शाही

  • अनलाइन डबली

कालिकोट । कालिकोटमा सत्तारुढ तीन दलबीच चुनावी गठबन्धन भएको छ । आइतबार तीन दलका नेताहरुको बैठकले ९ पालिका मध्ये नेकपा (माओवादी केन्द) पाँच, नेपाली काँग्रेस दुई, नेकपा (एकीकृत समाजवादी) २ पालिकामा उम्मेदवारी उठाउने सहमति भएको छ ।

सहमतिअनुसार जिल्लाका तीन नगरपालिकामध्ये दुई माओवादी, एउटा काँग्रेसले उम्मेदवारी उठाउने भएका छन् । तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलात गाउँपालिका, पचल झरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिकामा माओवादीले उम्मेदवारी उठाउने सहमति भएको छ ।

त्यसैगरी नेपाली काँग्रेसले खाँडाचक्र नगरपालिका र महाबै गाउँपालिकामा जिम्मेवारी उठाउने भएको छ । त्यतै, नरहरीनाथ, शुभकालिका गाउँपालिकामा उम्मेदवारी उठाउने गठबन्धनमा सहमति भएको छ ।

माओवादी केन्द्रले पाँच पालिकामध्ये सान्नी त्रिवेणी गाउँपालिकामा डम्वर शाहीलाई पुनः उम्मेदवारी उठाउने निर्णय गरेका छ । शाहीले आफूले जनताको पक्षमा काम गरेको र सुरु गरेका कार्यहरुलाई सम्पन्न आफूलाई पार्टीले पुनः जिम्मेदवारी दिने बताए । जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न एक कार्यकाल आवश्यक भएकोले आफू पुनः तयार भएको अनलाइन डबलीसँग बताए ।

तीनै दलले आज उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal