आज :

अछाममा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच पालिका र ९१ वटै वडामा गठबन्धन

  • अनलाइन डबली

अछाम । जिल्लामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच चुनावी गठबन्धन भएको छ । सत्ता गठबन्धनमा आवद्ध दुई दलबीच अछामका १० वटामध्ये ७ वटा पालिका र ९१ वटा वडामै चुनावी तालमेल भएको हो ।

आइतबार सदरमुकाम मंगलसेनामा दुई दलका नेताहरुबीच भएको बैठकमा चुनावी गठबन्धन गर्ने निर्णय भएको माओवादी केन्द्रका नेता डम्बर बहादुर रावलले जानकारी दिए ।

बैठकपछि नेपाली काँग्रेसका जिल्ला सभापति पुष्प बहादुर शाह र माओवादी केन्द्रका जिल्ला संयोजक रविन्द्र साउदले संयुक्त विज्ञप्ति जारी गरेर केन्द्रीय गठबन्धनको मर्म र भावना अनुरुप पालिका र वडासम्मै गठबन्धन गर्न सहमत भएको बताएका छन् ।

सहमतिअनुसार कमलबजार नगरपालिकाको प्रमुख नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्र, रामारोशन गाउँपालिका अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस, मेल्लेख गाउँपालिका अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष काँग्रेस, पंचदेवल विनायक नगरपालिका प्रमुख नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्रले उम्मेदवारी उठाउने सहमति भएको छ ।

त्यसैगरी बन्नीगढी जयगढ गाउँपालिका अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, चौरपाटी गाउँपालिका अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी, तुर्माखाँद गाउँपालिका अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादीले उम्मेदवारी उठाउने सहमति भएको छ ।
मंगलसेना, साफेबगर र ढकारी गाउँपालिकामा भने अझै सहमति हुन सकेको छैन । त्यहाँ पनि गठबन्धन गर्ने सैद्धान्तिक सहमति भएपनि कुन पदमा कसले उम्मेदवारी दिने भन्नेमा छलफल जारी रहेको बताइएको छ ।

सहमतिपछि माओवादी केन्द्रका संयोजक रविन्द्र साउदले केन्द्र र प्रदेशका मर्म अनुसार दुई पार्टीबीच सहमति भएको बताए । उनले सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीलाई पनि वडामा गठबन्धन गर्नेबारे छलफल भइरहेको बताए ।

दुई दिनअघि मात्रै तीन दलले जिल्लामा गठबन्धन हुन नसकेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए । जिल्लाका नेता कार्यकर्ताको भावना अनुसार पुनः भएको छलफलपछि सहमति जुटेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal