आज :

अछाममा भएन गठबन्धन, पालिका स्तरमा तालमेलको अन्तिम प्रयास

  • अनलाइन डबली

अछाम । सत्तारुढ तीन पार्टीले अछाम जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले जिल्लाभर गठबन्धन नगर्ने र आपसमा स्वाच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

जिल्लामा भागबण्डामा कुरा नमिलेपछि तीन पार्टीले यस्तो निर्णय लिएका हुन् । नेपाली काँग्रेसका जिल्ला सभापति पुष्प बहादुर शाह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिंह भण्डारी र एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पार्टीका स्थानीय कार्य कमिटीहरुलाई आपसमा तालमेल गर्न बाधा नपुग्नेगरी जिल्लास्थित कार्यदलले मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका छन् ।

“सत्ता साझादार दलहरुको मर्यादालाई उच्च ख्याल गर्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्दा बाधा नपुग्ने गरी जिल्लास्थित कार्यदलले मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धा गर्ने निर्णय भए बमोजिम प्रेस बक्तव्य जारी गरिएको छ” भनिएको छ ।

अछाममा मात्रै होइन, सुदूरपश्चिमका कैलाली बाहेक अन्य जिल्लामा गठबन्धन भएको छैन । पटक पटक बसेका बैठक विना निष्कर्षमा टुंगिएका छन् ।

अछामबाहेक कैलाली, कञ्चनपुर, डोटीमा पनि स्थानीय तहको भागबण्डाको विषयमा अन्तिमसम्म सहमतिको प्रयास गर्ने भन्दै शनिबार धनगढीमा बैठक बसेको थियो । तर, आइतबार विहानसम्म पनि कुनै सहमति भएको छैन ।

यसअघि कैलालीमा भएको सहमतिप्रति पनि एकीकृत समाजवादीले असन्तुष्टी जनाएको छ । एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बिक्रम शाहीले नेपाली कांग्रेस र माओवादी केन्द्रले आफूहरुसँग कुनै सल्लाह नै नगरी भागबण्डाको विषयमा म्याइन्युट गरेको बताउँदै त्यसमा आफूहरुका सहमति नभएको र फेरि छलफल गर्ने बताए ।

यसअघि कैलालीका १३ मध्ये ७ पालिका कांग्रेस, ४ माओवादी केन्द्र र २ वटा पालिका एकीकृत समाजवादी पार्टीलाई दिनेगरी सहमति भएको थियो । तीनै पार्टीका नेताहरुले भोलिसम्म सहमतिको प्रयास गर्ने नभए मित्रवत प्रतिस्पर्धामा जाने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal