आज :

अध्यक्षको उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने- बरु नष्ट हुन्छ, भ्रष्ट हुन्न

  • अनलाइन डबली

अछाम । जिल्लामा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन सकिरहेको छैन । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच अन्तिम प्रयास जारी छ । सदरमुकाम मंगलसेनमा तीनै पार्टीका जिल्ला नेताहरु अन्तिम प्रयासमा जुटेका छन् ।

तीनै पार्टीले आआफ्नो उम्मेदवारको टुंगो लगाउनेबारे छलफलमा पनि जुटेका छन् । यसैबीच पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाको अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गरेका छन् । रावलले शनिबार साँझ सामाजिक संजालमा उनले आफूले नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

अहिलेसम्म यस नगरपालिकाबाट कुनै पनि राजनीतिक पार्टीको तर्फबाट उम्मेदवारी घोषणा हुन सकेको छैन । तर, रावलले वडाअध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै रावलले आफू बरु नष्ट हुने तयार तर भ्रष्ट नहुने प्रतिवद्धता समेत जाहेर गरेका छन् । जनताको सेवा भन्दा अरु केही नसोचेको भन्दै सबैले भोट दिने विश्वास समेत व्यक्त गरे । उनले समाज विकासको आवश्यकताले युवा वर्गको नेतृत्व माग भएको अनुभूति गरेर उम्मेदवारी घोषणा गरेको अनलाइन डबलीसँग बताए ।

पुल्लेतोलोको विसका र नागरिकको जीवन उकास्न आफूले ज्यान दिएर लाग्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । समाज, युवा पिढी र परिवारको आग्रह र चाहनाअनुसार आफूले उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal