आज :

विदेशमा ‘कालोधन’ लुकाउने सुह्दराजसँग गभर्नर अधिकारीको ‘कालो सम्बन्ध’, एकै पटक ६३० गाडीको एलसी

  • अनलाइन डबली

काठमाडौँ । विदेशमा करछली गरी आर्जन गरेको धन लुकाएर पटकपटक विवादमा आइरहने व्यापारी सुहृद घिमिरेसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कालो सम्बन्ध भएको खुसाला भएको छ । सरकारले बिलासी वस्तुको आयातको प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णयको पूर्वसूचना अधिकारीले घिमिरेलाई गरेको स्रोतको दाबी छ ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सवारी साधनसहितका वस्तुको आयात रोक्ने सूची अर्थमन्त्रालयमा बुझाउनु अघि र बुझाएको अवधिको सूचना अधिकारीबाट लिक भएको भन्दै सरकारले छानविन समिति गठन गरेको थियो । अधिकारीबाट गोप्य सूचना पाएपछि घिमिरेले किया मोटर्सका लागि एकैपटक ६३० थान कार आयातको एलसी जारी गरेको स्रोतको दाबी छ । एलसी रोकिनुभन्दा चार दिनअघि मात्रै उक्त गाडीको एलसी खोलिएको भेटिएको छ ।

विवादित व्यपारी घिमिरेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि कोरियन कम्पनी किया मोटर्सको आधिकारिक बिक्रेता हो । उक्त कम्पनीले ७० करोडभन्दा बढी मूल्यका बिसाली गाडी आयतका नबिल बैंकमार्फत एलसी खोलेको भेटिएको छ । कम्पनीले डीईए सोनेट ३८० थान र किया सेल्टोस २८० थान गाडी ७० करोड ८ लाख ८६ हजार ८७२ रुपैयाँमा गाडी किन्ने गरी एलसी खोलेको हो ।

व्यपारी घिमिरे कर छली गरी आर्जन गरेको धन विदेशमा कम्पनी स्थापना गरेरै लुकाउन गरेका छन् । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा सार्वजनिक गरेको ‘प्यान्डोरा पेपर्स’मा घिमिरे र उनका व्यावसायिक साझेदार पौड्यालको ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता गरी कालोधन लुकाएको पुष्टि गरेको थियो । आईसीआईका अनुसार सन् २००९ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेर कर छलि गरेकाे रकम लुकाएका थिए ।

यस्तै गोप्य सूचना लिक गरेको भन्दै सरकारले चैत २३ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानविन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए । तर, सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशबाट अधिकारी पुनः काममा फर्किएका छन् ।

गभर्नर अधिकारी र व्यपारी घिमिरेबीच एक दशक पहिलेबाटै सम्बन्ध रहेकाे स्राेतकाे दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal