आज :

माओवादी नेतृत्वमा फेरिँदैछ बेलौरीकोे मुहारः बन्दैछ फेरि जित्ने आधार

  • पुष्पा महरा

कञ्चनपुर । यही बैसाख ३० गते देशैभर स्थानिय तहको निर्वाचन हुन गइरहेको छ । नजिकिएको स्थानीय तहको निर्वाचनसँगै राजनीतिक चहलपहल बढ्दो छ । सत्तारुढ गठबन्धनले आपसी तालमेलमा चुनावमा सहभागि हुने रणनीति तयार गर्दैछ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने गठबन्धन र सरकारमाथि गाली गलौज गर्नमा व्यस्त छ ।

देशभर जम्मा ७५३ वटा स्थानीय तहमध्ये यसअघिको स्थानीय तह निर्वाचनमा १०६ वटा पालिका आफ्नो पकडमा पार्न सफल भएको नेकपा माओवादी केन्द्रले जनतासामू आफूले गरेका राम्रा काम देखाउन मात्रै सके पनि पर्याप्त हुने निष्कर्ष छ माओवादी केन्द्रको । हाल गठबन्धनसँग चुनावी तालमेलको तयारीमा रहेको माओवादी केन्द्रका स्थानीय तहका नेतृत्वहरु पुन माओवादी केन्द्रले नै जित हासिल गर्न सक्ने विश्वास व्यक्त गर्छन् ।

गत स्थानीय तहमा माओवादीले अन्य दुई ठूला दलभन्दा कम पालिका प्रमुखमा जित हासिल गरेको थियो । तर, जतिमा जीत हासिल गरेको छ, अधिकांशमा अन्य पार्टीले नेतृत्व गरेका पालिकाभन्दा राम्रो काम भएको छ ।

दक्षीणी छिमेकी देश भारतसँग सिमा जोडिएको कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरी सो नगरपालिकामा फेरि पनि माओवादी केन्द्रले नै जित्ने विश्वास व्यक्त गर्छन् । पछिल्लो चार वर्षमा नगरपालिकामा गरेको कामलाई हेर्ने हो भने पनि स्थानीयले माओवादी केन्द्रलाई नै विश्वास गर्ने उनको दावी छ । त्यसका लागि बलियो जनाधार निर्माण गरिएको छ भने विकास निर्माणका कामहरु पनि उत्तिकै महत्वपूर्ण छ ।

के काम भयो त ?

१२३.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस बेलौरी नगरपालिका भारतीय सीमानासँग जोडिएको छ भने यो निकै उपेक्षित क्षेत्र पनि हो । ५४ हजारबढी जनासंख्या रहेको यहाँका जनतालाई पहिला निकै कष्ट थियो । जब स्थानीय तह बन्यो र माओवादी केन्द्रले यहाँको नेतृत्व ग¥यो तब जनताले केही राहत महसुश गरेका छन् । विकासका पूर्वाधारहरु केही नभएको यहाँ माओवादी केन्द्रले चार वर्षे कार्यकालमा जनताका लागि निकै महत्वपूर्ण कामहरु गरिदिएको छ ।

नगरपालिकाभित्रका १० वटै वडामा एक वडाबाट अर्काे वडासम्म पुग्नका लागि सहज बाटो निर्माण गरिएको छ । वर्षामा हिलाम्मे हिउँदमा धुलाम्मे हुने सडकलाई ग्रावेल, कालोपत्रे गरी जनतालाई सहज यातायात गर्न पाएका छन् । वस्तिहरुसँग जोडिएका सबै सडकहरुमा कालोपत्रे गरिएको छ । नगरपालिकामा भित्री र बाहिरी गरी दुई वटा रिङरोड विस्तार गरिएको छ । प्रदेश र नगरपालिकाबाट डेढ करोड बजेट छुट्याई स्थानीयमा रोजगारीका लागि काम सुरु गरियो । यहाँको मुख्य पेशा कृषि भएकाले कृषिलाई प्रोत्साहन गर्न कृषि समूह र सहकारी बनाई त्यसैका माध्यमबाट आवश्यक कृषि सामग्री तथा औजारहरु किसानलाई प्रदान गरियो ।

त्यस्त यहाँ उत्पादित वस्तुहरुको बजारीकरणका लागि नगरपालिकाले सहयोग गरेको छ । यहाँ उत्पादित केही स्थानीय बजारमा विक्री वितरण भएपनि नगरपालिकाले यसको बजार जिल्ला बाहिरसम्म विस्तार गरिदिएको छ । युवा स्वरोजगारका लागि १८ लाख खर्च गरी विभिन्न रोजगारीहरु दिइयो । प्रत्येक वडामा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा प्रदान गरिएको छ ।

बेलौरी–४ मा १८ करोडको बजेटमा हस्पिटल नै बन्दैछ । नगरपालिकाको बजेटबाट नै दुई जना एमबीबीएस डाक्टरहरुलाई काममा खटाइएको छ । कोरोना महामारीका बेला भएको आपतकालिन अवस्थालाई मध्यनजर गर्दै यहाँ कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोभिडको महामारी जुन कुनैबेला पनि दोहोरिन सक्ने आँकलन गरी बेड, डाक्टरलगायत आवश्यक पूर्वतयारीका साथ वडा नं. ९ मा कोभिड अस्पतालको स्थापना गरिएको छ । त्यस्तै यसअघि कोभिड महामारीका बेला भएका समस्याका कारण तीन वटा नगरपालिका मिलेर बेलौरी नगरपालिकामा अक्सिजन प्लान्टको स्थापना गरिएको छ । जुन आगामी एक–डेढ हप्ताभित्रै संचालनमा ल्याइनेछ ।

बेलौरी नगरापलिका नेपाल भारत सीमासँग जोडिएको हुनाले सीमा क्षेत्रको सुरक्षाका लागि यसअघि एउटा मात्रै सशस्त्र वेस क्याम्प खडा गरिएकोमा माओवादीको पहलमा संघीय मन्त्रालयमार्फत हाल पाँच वटा वेश क्याम्प खडा गरिएको छ । त्यस्तै दुई वटा सशस्त्रको नीजि भवन पनि निर्माण गरिएको छ । यसले सीमा क्षेत्रमा हुनसक्ने अपराधिक क्रियाकलाप, जनतामा हुने डर त्रासको स्थितीलाई रोक्न मद्धत मिलेको छ ।
बेलौरी नगरपालिमा भएका १० वडा मध्ये यसअघि माओवादी केन्द्रले वडा नं. १, ५, ६ र १० गरी चार वटा वडा जितेकोमा यस पटक पनि माओवादीले नै जित्ने विश्वास व्यक्ति गर्नुहुन्छ प्रमुख चौधरी । नगरपालिमामा भएको बलियो जनाधार, सुधारात्मक संगठन विस्तार, जनताले अनुभूत गरेको सुरक्षा, विकासलगायतका कारणहरुले जनताले माओवादी केन्द्रलाई नै ठिक छ भन्ने आधार मिलेको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal