काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।
सहमति अनुसार नेपाली काँग्रेसले ३ वटा महानगर, ७ उपमहानगरमा प्रमुख उम्मेदवार दिने, माओवादीले एक महानगर, दुई उपमहानगर पाएको छ ।
सहमतिपत्रमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
यस्तो छ सहमति