आज :

एमालेबाट निर्वाचित वडाअध्यक्ष र उपसचिव माओवादी केन्द्रमा प्रवेश

  • अनलाइन डबली

म्याग्दी । जिल्लामा नेकपा एमालेबाट निर्वाचित एक जनप्रतिनिधि र पालिका कमिटीका पदाधिकारी नेकपा नेकपा (माओवादी केन्द्र) मा गरेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका– ३ का वडा अध्यक्ष हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् ।

दरबाङमा आयोजित कार्यक्रममा केहि महिनायता नै पार्टीको राजनीतिमा सक्रिय हुनु भएका अध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको थियो । नेपाली वडा २ रुम खबाङका युवा नेता हुन् ।

पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिव धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए ।

मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आबश्यक देखेपछि पार्टीमा आबद्ध भएको वडा अध्यक्ष पुनले बताए । नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको बताए ।

माओवादीका नेता जुग्जालीको पारदर्शी व्यवहार, विकासप्रेमी दृष्टिकोण र स्पष्ट व्यक्तित्वबाट प्रभावित भएर आफु माओवादीमा आबद्ध भएको नव प्रवेशीहरुले बताएका छन् । साथै, स्थानीय चुनावमा आफूहरु माओवादीलाई जिताउन सक्रिय भएर लाग्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal