आज :

भरतपुर महानगर माओवादीको भागमाः मतदाता भन्छन्-विकासको लागि रेणु

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुखमा पुनः रेणु दाहाल उम्मेदवार बन्ने चर्चा चलेको छ । सत्तारुढ गठबन्धनमा भएको सहमतिमा भरतपुर नेकपा (माओवादी केन्द्र)को भागमा परेसँगै पुनः रेणुको चर्चा सुरु भएको हो ।

मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धन बैठकमा ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति भएको छ ।

त्यसैगरी गठबन्धनमा भरतपुर महानगर माओवादी, पोखरा एकीकृत समाजवादी, वीरगञ्ज महानगरपालिकाको नेतृत्व जनता समाजवादीले गर्ने सहमति पनि भएको छ । माओवादीको भागमा भारतपुर परेसँगै मेयर रेणु दाहालको चर्चा सुरु भएको हो । माओवादी नेताहरुले पनि भरतपुरमा सबैभन्दा राम्रो काम गरेको र केही कामहरु बाँकी रहेकोले पुनः रेणु दाहाललाई नै उम्मेदवार बनाउने बताइसकेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनमा सहमति भएको छ । महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ । गठबन्धनको बैठकले कांग्रेसलाई तीन र अरुलाई एक÷एकवटा महानगरको उपमेयर लिने पनि सहमति गरेका छन् ।

सहमति अनुसार काठमाडौ, ललितपुर र विराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा पाउनेछ ।
यस्तै पोखराको मेयर पाएको एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौं र ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार दिने सहमति भएको छ । त्यस्तै, बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

गठबन्धनले ११ वटा उपमहानगरपालिकाको पनि टुंगो लगाएको छ । जसमा कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने सहमति भएको थियो । तर, नेपाली काँग्रेसले पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने र त्यसको लागि माओवादीले योगदान गर्ने सहमति पनि भएको छ । यसअघि माओवादीले ३ उपमहानगर पाउने भनिएपनि अब दुईवटा मात्रै पाउने बताइएको छ ।

बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने दाबी गरेपछि अन्तिम टुंगो आज लगाउने सहमति पनि भएको छ ।

यसअघिको सहमति अनुसार घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले, हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ ।

अहिलेसम्मको सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट उम्मेदवार उठाउनेछ । एक नेताका अनुसार अन्तिम टुंगो आज लााग्ने भएकोले यसमा थोरी हेरफेर हुन सक्ने हुन सक्छ ।

गठबन्धनमा सहमति भएको समाचार सार्वजनिक भएसँगै भरतपुरका मतदाताले पुनः रेणु नै चाहिने बताएका छन् । उनले सुरु गरेको विकासलाई अगाडि बढाउन रेणु नै आवश्यक भएको उनीहरुले सामाजिक संजालमा आफ्नो मत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal