आज :

प्रमुख आयुक्त थपलियाले भने– निर्वाचन निर्धारित मितिमै हुन्छ, शंका नगर्नुहोस्

  • अनलाइन डबली

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउँदै शंका नगर्न आग्रह गरेका छन् । मंगलबार निर्वाचनबारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै थपलियाले “निर्वाचन निर्धारित मितिमै हुन्छ, हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।”

हिजो मात्रै प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठकले सत्तारूढ गठबन्धनले निर्वाचन सार्ने षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

कार्यक्रममा बोल्दै थपलियाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताए । उनले निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउन अप्ठ्यारो महसुस भएको बताए ।

“कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहजै पचाउने, कुनै नयाँ कार्यका थालनी गरियो भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले बढाउनका लागि कहीँकतै असहज र अप्ठ्यारो भएको महसुस भएको छ” थपलियाले भने ।

आयोगले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुधारका पहल लिइरहेको बताउँदै थपलियाले सुधारका प्रयत्नलाई शंकाको दृष्टिले हेर्ने प्रवृति देखिएको बताए । उनले आयोगले मनोगत आधारमा भन्दा पनि सरोकारवालासँगको छलफलका आधारमा सुधारका विषयलाई कार्यान्वयनमा ल्याइएको प्रस्ट पारे ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दललाई ती दलको निर्वाचन चिह्नबाट निर्वाचनमा भाग लिन दिने प्रस्ट कानुनी आधार नभए पनि आयोगले ती दललाई पनि निर्वाचनमा सहभागी हुन दिनुपर्छ भनेर जोखिम उठाएको थपलियाले बताए । उनले आमसञ्चारमाध्यमको खबरदारी र सञ्चारकर्मीको निष्ठाका कारण मुलुक स्थानीय तह निर्वाचनको प्रक्रियामा प्रवेश गरेको बताए । पत्रकार आचारसंहिता र निर्वाचन अचारसंहिताको पूर्णपालना गर्न सञ्चारमाध्यमसँग थपलियाले आग्रह समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal