आज :

चुनावको मुखमा डोल्पामा एमालेलाई ठूलो धक्का, दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

  • अनलाइन डबली

सुर्खेत । चुनाव आउन २४ दिन मात्रै बाँकी रहँदा नेकपा (एमाले)लाई कर्णाली प्रदेशमा ठूलो धक्का लागेको छ । प्रदेशको डोल्पामा एमालेबाट निर्वाचित दुईवटा गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यो एमालेको लागि ठूलो धक्का भएको बताइएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेबाट राम्रो मत ल्याएर जितेका काईके गाउँपालिका अध्यक्ष अंगत रानाले एमाले छोडेका छन् । त्यस्तै, गुरुङले एमालेको सहयोगमा स्वतन्त्रबाट जितेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले एमाले छोडेका हुन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै राना र गुरुङले आफूहरु एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।

दुबै जनाले एमालेलाई प्रतिगामी शक्ति भएको बताउँदै संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा आगामी स्थानीय निर्वाचनमा एकीकृत समाजवादीलाई भोट हाल्न समेत मतदातालाई आग्रह गरेका छन् । राना र गुरुङको बहिर्गमनसँगै डोल्पामा एमाले कमजोर भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal