काठमाडौँ । ब्रहम बिन्दु बहुउद्देश्यीय सहरकारी संस्थाले ठूलो संख्यामा कर्मचारी मागेको छ । पदपूर्ती उपसमतिले कर्मचारी आवश्यकता सम्वन्धी सूचना प्रकाशित गरेको छ ।
आज पटक प्रकाशित सूचनामासंस्था ले काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न स्थानका लागि कर्मचारी मागिएको छ । ईच्छुक व्यक्तिहरुलाई नेपाली नागरिकहरुबाट आफ्नो फोटो सहितको बायोडाटा तथा अनुभव प्रमाणपत्रको प्रतिलिपीसहित २०७९ वैसाख १४ गते कार्यालय समय भित्र यस संस्थाको केन्द्रीय कार्यालयको ईमेलमार्फत दरखास्त माग गरिएको छ ।
बैशाख १४ गते पछि आवेदकको लागि अन्तरवार्ता सम्बन्धी सूची संस्थाको वेवसाइटमा प्रकाशित गर्ने पदपूर्ती समितिले जनाएको छ । शैक्षिक योग्यता एसईई वा सो सरह हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
यस्तो मापदण्डः (क) उमेरको हदः सहायक स्तरको हकमा १८ बर्ष पूरा भई सहायक स्तरको हकमा ३५ बर्ष ननाघेको, तर महिलाको हकमा उल्लेखित उमेरमा ५ बर्ष थप हुनेछ । (ख) सेवा, सुविधाः वित्तीय संस्थाको नियमानुसार हुनेछ । (ग) स्थानिय र सवारी चालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिइने छ । (घ) छनौट प्रक्रियाः अन्तरवार्ता हुनेछ ।
रितपूर्वक नआएका तथा दरखास्त मिति पश्चात आएका निवेदन तथा विज्ञापन आंशिक तथा पूर्णरुपमा रद्ध गर्ने अधिकार संस्थलाई हुने सूचनामा जनाइएको छ ।