
धनगढी । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय पत्रकार कृष्णराज गिरी गाउँपालिका अध्यक्षमा सिफारिस भएका छन् । यहीले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तरगत गिरीलाई नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा गिरीको नाम सिफारिस गरेको हो ।
कञ्चनपुरको बेलडाँडी गाँउपालिका अध्यक्षको लागि माओवादीले जिल्ला समन्वय समितिलाई सिफारिस गरेको छ । माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहका अनुसार गिरीसँगै र्ईश्वरी दत्त भट्ट, कल्पना गिरी, नन्दकिशोर एसके, कैलाचन्द्र गिरीको नाम सिफारिस गरेको छ । त्यस्तै, उप प्रमुखमा नैनादेवी गिरी सुरेन्द्र राज कोईराला पनि सिफारिस भएका छन ।
शैक्षिक, समाजिक-राजनीतिक क्षेत्रमा लामो समय काम गरेका भट्टदेखि विद्यार्थी नेतादेखि संचारकर्मीलाई अध्यक्षको लागि सिफारिस गरिकएको माओवादी केन्द्र बेलडाँडीले जनाएको छ ।
आजबाट स्थानीय तह निर्वाचन आउन २४ दिन मात्रै बाँकी छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेले अलग अलग चुनावी रणनीति तय गरिरहेका छन् । सत्ता गठबन्धन देशभर चुनावी तालमेल गर्ने निर्णय गरेपनि केही जिल्लाले नगर्ने बताएका छन् भने केही जिल्लाले केन्द्रको निर्णयलाई आत्मसात गर्ने जनाएका छन् ।
सत्ता गठबन्धनमा पाँच पार्टी छन् भने एमालेको नेतृत्वको गठबन्धनमा पनि पार्टीहरु थपिँदैछन् । एमालेसँग सिके राउतको जनमत पार्टी, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी, राप्रपा र केही असन्तुष्ट समूह पनि रहेका छन् ।
यसअघिको बिरासत जोगाउन एमालेलाई धौ धौ भइरहेको छ भने काँग्रेसले एमाले फुटको फाइदा उठाउँदै पहिलो नम्बर पार्टी हुने प्रयास गरिरहेको छ । काँग्रेसका केही नेताहरुले गठबन्धनको विरुद्धमा भएकोले पनि सहमति जुट्न सकेको छैन ।
गठबन्धनको सोमबार बसेको बैठकले महानगर र उपमहानगरको टुंगो लगाउने सकेन । काँग्रेसको दम्भ र नेकपा एकीकृत समाजवादीको नाजाय माग सत्ता गठबन्धनमा बाँधकको रुपमा देखिएको नेताहरुले बताएका छन् । आज पुनः गठबन्धनको बैठक बसेर अन्तिम टुंगो लगाउने नेताहरुले बताएका छन् ।