आज :

ढुक्क हुनुहाेस् चुनाव सर्दैन, भरतपुर र रेणु नै भनेका छैनौंः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले देश निर्माणमा होसिकेको बताउँदै चुनाव नसर्ने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले चुनाव सेर्न हल्लाको पछि नलागेर ढुक्क भएर चुनावमा लाग्न सबै राजतीतिक पार्टीलाई आग्रह गरे ।

“देश अब निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानीय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बिचबिचमा विभिन्न व्यक्ति र समूहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको छ । म सबैसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन, निर्वाचन बैसाख ३० गते नै हुन्छ, ढुक्क भएर चुनावमा लाग्नुस्” प्रचण्डले पत्रकार सम्मेलनमा भने । उनले गठबन्धनमा पनि चुनाव नसर्ने सहमति भइसकेको बताए ।

प्रचण्डले निर्वाचन सर्ने सम्भावना वा गुन्जायस देखिएको बताउँदै प्रचण्डले भने, “नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन विहान पनि होइन निर्वाचन सर्छ रे नी भन्ने हल्ला र चर्चा हुने खालको बडो विचित्रको संस्कार देखिने गरेको छ । म पत्रकार मित्रहरुमार्फत आम नेपाली जनता र सबै राजनीतिक दललाई भन्न चाहन्छु निर्वाचन सर्दैन । कम्तिमा हामी गठबन्धन र सरकारको कुनै पनि निकाय निर्वाचन सार्ने कुनै मनसायमा छैन र गठबन्धन सम्पूर्ण रुपले निर्वाचनको तयारीमा लागेको छ । देश निर्वाचनमा होमिइसकेको छ र गठबन्धन पनि पुरै निर्वाचनमा इमान्दारीतासाथ लागेको छ ।”

वठबन्धन बैठकमा ६ वटा महानगर र उपमहानगरको विषयमा बेलुकासम्म गठबन्धनको मोडालिटि निश्कर्षमा पुर्याउने जानकारी दिँदै महानगरको विषयमा झण्डै झण्डै टुंगिने बताए । उनले गाउँपालिका र नगरपालिकासम्मको विषयमा अधिकार प्रत्यायोजन गरेर तल दिइसकेका समेत बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफ्नो पार्टीले भरतपुर र रेणु नै नभनेको बताउँदै अन्य पार्टीका नेताहरुलाई भरतपुर दिँदा ठिकै होला भन्ने लागेको बताए । उनले आफ्नो पार्टीलाई जुन महानगर दिने सहमति हुन्छ, त्यो स्वीकार हुने बताए ।

दुई तिन महिनाअगाडि संविधान र कानुनको बारेमा केही अन्तरविरोधको विषयमा छलफल अवश्यनै गरेका थियौं तर त्यसमा निर्वाचन आयोग र सबै राजनीतिक दलहरुको समझदारीले अब निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने निश्कर्ष आएपछि हामी सबै निर्वाचनको तयारीमा गम्भीर ढंगले लागेको प्रचण्डले बताए ।
अहिले चुनावमा दुईवटा गठबन्धन भएको बताउँदै एउटा लोकतान्त्रिक वामपन्थी, जसको नेतृत्व अग्रगामी शक्तिले नेतृत्व गरेको बताउँदै प्रचण्डले अर्को पक्षगामी शक्ति जसको नेतृत्व नेकपा एमालेले गरेको बताए । उनले अग्रगामी शक्तिलाई मतदान गर्न अपील समेत गरे ।

“तपाई हामी सबैलाई थाहा छ की एक वर्ष अगाडि नेपालको राजनीतिक दल र राजनीतिमा एउटा गम्भीर खालको पेचिलो अन्तरविरोध देखा पर्यो । एउटा संविधानलाई कुनै न कुनै तबरले घात गर्ने र परिवर्तनलाई उल्टयाउन खोज्ने, अराजकतावादी प्रवृत्ति देखा पर्यो, हामीले त्यसलाई प्रतिगमन पनि भन्यौं । त्यसको विरुद्ध संघर्ष गर्ने स्थिति बन्यो । संघर्षको क्रममा गठबन्धन तयार भयो । त्यही संघर्षको क्रममा सडक संघर्ष हुँदै गठबन्धन हुँदै, अदालत र राष्ट्रपति कार्यलयसम्म गैसकेपछि नयाँ सरकार बन्ने स्थिति पनि बन्यो । अझैपनि संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता आदिलाई उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि देखा परेको छ । हिजोका सामन्त, दलाल, राजामहाराजा राजतन्त्रबादी, परिवर्तनविरोधीहरुसँग गठबन्धन गर्न खोज्ने, वाम लोकतान्त्रिक शक्ति भन्दा अतिवादीसँग नजिक हुन खोज्ने प्रवृत्ति एउटा छ भने अर्को अहिलेको परिवर्तन संघिय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्ने धर्म निरपेक्षता, समावेशी समानुपातिक सामाजिक मुल्य मान्यतासहितको लोकतन्त्रको पक्षधरहरुबीचको गठबन्धन । एक चोटि फेरी प्रतिगमविरोधी आन्दोलनको रुपमा आगामी निर्वाचनलाई हेरिनुपर्दछ भन्ने लाग्छ । हिजोको त्यो आन्दोलन जसमा जसमा करिब सबै पत्रकार, नागरिक समाज, सामाजिक अगुवाहरु, न्यायाधिस, पुर्व प्रधान न्यायाधिस, बुद्धिजीवी र समाजका आम समुदायहरुको एकताबद्ध आन्दोलन र शक्तिले प्रतिगमनलाई परास्त गरिएको थियो । अहिले पनि जो हिजो पटक पटक असंवैधानिक र निरंकुश तबरले संविधान मिच्ने प्रवृत्ति देखा परेको थियो जसका विरुद्ध नेपालका सबै जाति लिंग, वर्ग क्षेत्र र समुदायले निरन्तर खबरदारी र आन्दोलन गरेर त्यो हर्कतलाई परास्त गरिएको थियो अहिले पनि आगामी स्थानिय निर्वाचन, प्रादेशीक निर्वाचन र संसघय निर्वाचनमा त्यो प्रतिगमनकारी परिवर्तनविरोधी शक्ति र दललाई त्यसरी नै निर्वाचनको माध्यमबाट परास्त गर्नु जरुरी छ” प्रचण्डले भने ।

अहिलेको परिवर्तन सजिलै आएको होइन, दशकौंको नेपाली जनताको शसस्त्र र शान्तिपूर्ण संघर्ष र पछिल्लो पटक दश बर्षे जनयुद्ध र जनअन्दोलनको बलमा आएको बताउँदै प्रचण्डले हजारौं जनताका कुशल छोराछोरीको वलिदान र वेपत्ता त्याग सौर्य आदिको बलमा यो आएको बताए । लडाई लड्ने एकातिर र परिवर्तनविरोधीको हातमा सत्ता वा डाडु पन्यु पर्ने जस्तो भएको छ जसले गर्दा परिवर्तनका एजेण्डाहरु कता कता छायाँमा परेजस्तो देखिन पुगेको प्रचण्डले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal