आज :

प्रचण्डको पत्रकार सम्मेलनः गठबन्धनमा भएको छलफल र आफ्नो पार्टीको तयारीबारे जानकारी दिने

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको विषयलाई लिएर पत्रकार सम्मेलन गर्दैछन् । गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफल र आफ्नो पार्टीको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्र केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले का अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले १ बजे पत्रकार सम्मेलनको तयारी भइरहेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल र उम्मेदवारी चयनबारे भइरहेको छलफललगायतका अन्य विषयमा जानकारी गराउने बुझिएको छ ।

अहिले गठबन्धन दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आजको बैठकले महानगर र उपमहानरबारे निर्णय गर्ने बताइएको छ । हिजोको बैठकमा नेताहरुले आआफ्नो दाबी पेश गरेका थिए ।

यसैबीच नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्न लागेको छ ।

बैठकमा एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरुले जनाएका छन् ।

एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने जनाएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्नेगरी यसअघि नै निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal