आज :

गठबन्धनले आज महानगर र उपमहानगरबारे टुंगो लगाउने, कसले कुन पाउने ? 

  • अनलाइन डबली

काठमाडौं । सत्तारुढ गठबन्धनले आज महानगर र उपमहानगरको विषयमा टुंगो लगाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आज पुनः बैठक बसेर टुंगो लगाउने सहमति भएको थियो ।

गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर समाचार आइरहेका बेला गठबन्धनले ठोस कार्ययोजनासहितको निर्णय गर्ने बताएको छ । त्यसैगरी बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे आजै नै कार्यदलको रिपोर्ट लिने पनि निर्णय गरेको छ।

सत्ता गठबन्धनको बैठकले स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षा गरेको छ। काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिसँग शीर्ष नेताले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गर्ने गरी बिहानको बैठक टुंगिएको थियो ।

यसैबीच सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन्। हिजोको बैठकमा नेपाली काँग्रेसले काठमाडौँ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको थियो । यस्तै माओवादी केन्द्रले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको नेताहरुले बताएका छन् ।

यस्तै ११ उपमहानगरपालिकामध्ये काँग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ। यस्तै माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ।

एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी उपमहानगरपालिका मात्रै दाबी गरेको छ । जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ ।

नेताहरुले आआफ्नो दाबी पेश गरेपनि त्यसबारे कुनै निर्णय भएन । आज पुनः बैठक बसेर त्यसबारे निर्णयमा पुग्ने नेताहरुले बताएका छन् । त्यो भन्दा पहिला आआफ्नो पार्टीका नेताहरुसँग आवश्यक छलफल गर्ने पनि सहमति भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal