आज :

आईपीएलमा चेन्नेईलाई हराउँदै गुजराज विजयी 

  • अनलाइन डबली

 

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात चेन्नेईलाई हराउँदै टाइटन्स विजयी भएको छ । गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई गुजराले ३ विकेटले हराएको थियो । योसँगै नवप्रवेशी टोली गुजरातले पाँचौँ जित दर्ता गरेको छ ।

चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, कप्तान राशिद खानले ४०, अभिनव मनोहरले १२ र हृदिमन साहले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३, महेष थिकसनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।

चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, अम्बाती रायडुले ४६, कप्तान रविन्द्र जडेजाले २२ तथा पशवम दुबेले १९ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद शामी र यश दयालले एक/एक विकेट लिए ।

जितसँगै गुजरातले ६ खेलमा १० अङ्क जोडेको छ । गुजरात शीर्ष स्थानमा यथावत् रहेको छ । चेन्नईको भने यो पाँचौँ हार हो । चेन्नई दुई अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal