आज :

नयाँ वर्षसँगै अनलाइन डबली डटकम नयाँ डिजाइनमा

  • दिपेन्द्र रावल

काठमाडौँ । सर्बप्रथम नयाँ बर्ष २०७९ सालको अबसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ बर्षसँगै अनलाइन डबली डटकमले आठ बसन्त पार गरेको छ । आजबाट हामी नवौं वर्षमा प्रवेश गरेका छौं ।

२०७० सालबाट परीक्षण प्रसारण सुरुगरी २०७१ बाट ‘पलपलको खबर, सबैको विचार’ नारासहित सुरुमा डबलीन्यूज डटकमबाट यात्रा सुरु भएको थियो । २०६९ सालबाट सुरु भएको देशकै लोकप्रिय मिडिया क्लब संवाद डबलीको समाचार संस्कारणको रुपमा सुरु गरिएको अनलाइन पत्रकारिताको यात्राले आठ बर्ष पार गरेको छ ।

सुरुमा संवाद डबलीमा गरिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विविध क्षेत्रका समस्या समाधानको लागि सम्बन्धी पक्ष एउटै मंचमा बसेर गरिएका अन्तरसंवाद तथा छलफललाई सामाचार सम्प्रेशरणको लागि हामीले यो न्यूज पोर्टलको सुरु गरेका थियौँ । हाम्रो अनलाइन पत्रकारिता संवाद डबलीका कार्यक्रमका समाचारमा मात्रै सिमित नभएर व्यवसायीक रुपमा यहाँसम्म पुगेको छ ।

जीवन गुजरा वा जागिरको लागि नभएर समाज रुपान्तरणको लागि योगदान पुर्याउने उद्देश्यले पत्रकारिता सुरु गरिएको हो । सूचना र विचार सम्प्रेशणसँगै समाज रुपान्तरण र सकारात्मक सोँचको विकासमा अनलाइन डबलीले योगदान गरेका छौं भन्ने लागेको छ । सीमा समस्यादेखि राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधिनता र अग्रगामी सोँच तथा विचारको पक्षमा आफूलाई अविचलित रुपमा उभ्याउँदै आएका छौं । त्यो आगामी दिनमा पनि निरन्तर रहनेछ । हामी यो अवधिमा सिंहदरबारदेखि दुरदराजका बस्तीसम्म र देशदेखि विदेशका गल्लीमा पुगेका छौं । यो क्रममा थुप्रैको जीवन फेरिएका छन् भने केही दर्जन व्यक्तिहरुलाई आतंक भएको छ । योपनि समाजको लागि योगदानकै रुपमा लिएका छौं ।

नयाँ वर्षसँगै हामी नयाँ डिजाइनमा पनि आएका छौं । अनलाइन क्षेत्रमा विकास भएका पछिल्ला भर्सनसहित नयाँ डिजाइन गरिएको छ । विगतमाझैं महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा पनि गरेका छौं । अनलाइन पत्रकारितामा बामे सर्दै यो अवस्थासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने पत्रकार कमल बुढा, डिजाइनर मुक्ति अधिकारीलाई विशेष धन्यवाद । डबलीन्यूज डटकम कमल बुढाकै नेतृत्व र मुक्ति अधिकारीको सन्सेप्टमा सुरु भएको थियो । उहाँहरुले निकै दुःख गरेको हामी सधै सम्झिरहनेछौं ।

यही अबसरमा संवाद डबलीका संस्थापक अध्यक्ष दीपेन्द्र रोकाया र डम्बर रावललाई पनि सम्झिन चाहन्छौं । साथै, डबलीन्यूज डटकमको उद्घाटन गर्ने तत्कालिन नेपाल सरकारका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, तत्कालि नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बहादुर विष्ट, प्रा.डा. सुरेन्द्र केसी, डा. केवी रोकायालाई पनि सम्झिन चाहन्छौं ।

साथै, पाठक वर्ग, विज्ञापनदाता र सल्लाह सुझाव दिने वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता दिवस निरौला, ई. लोकबहादुर रावत, वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरलगायत हाम्रा सुभचिन्तक सबैमा हार्दिक आभार व्यक्त गर्दछौँं ।

हामीले संचालन गरेपनि संचारमाध्यमका पेज र कोलम सार्वजनिक हुन्, यसको पहिलो हक आवाजविहीनहरु हुन् भन्ने हाम्रो बुझाई छ । यी पेजहरु हामीले हाम्रो नीजि विचार र इगो व्यक्त गर्ने थलो बनाउने छैनौं । ती पेजहरु तपाईँहरुकै हुन् । सदुपयोग गर्नहुन पनि अनुरोध गर्दछौँं ।
अन्तमा पुनः एक पटक नयाँ बर्ष २०७९ सालको अबसरमा हाम्रा पाठक, विज्ञापनदाता, लेखक, संवाददातासँगै महत्वपूर्ण सल्लाह सुझाव दिने महानुभावहरुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal