आज :

सर्केगाडमा जन–कलाकारदेखि वर्तमान अध्यक्षसम्म माओवादीमा पालिका अध्यक्षाका आकांक्षी

हुम्ला । संघीय लोकलतान्त्रिक गणतन्त्र नेपालको प्रथम कार्यकालको समय सकिँनै लाग्दा देश दोस्रो चुनावको तयारीमा होमिएको छ । यसै बेला ७५३ स्थानियक निकायको लागि निर्वाचन आयोगको आचारसंहिता सार्वजनिक भएसँगै राजनीतिक दलहरुले उम्मेदवार गृहकार्यमा जुटिरहेका छन् । उम्मेदवारमा वर्तमान जनप्रतिनिधिसहित राजनीतिक दलका नेताहरुले आकांक्षा देखाइरहेका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिकामा पनि राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्य गरिरहेका छन् । यसअघि २०७४ सालमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको गठबन्धनले निर्वाचन जितेको थियो । माओवादीको तर्फबाट युवा नेता कृष्ण रोकाया अध्यक्ष र नेकपा (एमाले) को तर्फबाट नेता जोशी धामीले उपाध्यक्षमा जितेका थिए ।

विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रमहरु घनिभूतरुपमा अगाडि बढाईरहेको बेला सर्केगाडमा चुनावी रस्साकसी अझ बढेको छ । अहिले सो गाउँपालिकामा पाँच दलीय गठबन्धन नै संयुक्तरुपमा लड्ने केन्द्रको निर्णय कायान्वयन गर्ने सम्भावनासँगै सो गाउँपालिका अझ तातेको पाईन्छ ।

माओवादीको तर्फबाट जनयुद्धमा केन्द्रीय जनकलाकारकारुपमा चर्चा कमाएकी देवकी तिमल्सिना‘समिक्षा’, गाउँकमिटी अध्यक्ष चन्द्र सिं कार्की ‘मुक्ति’, अकिल बुढा, छवि थापा, जसकला ऐडी, कालीबहादुर विक र वर्तमान गाउँपालिका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ अध्यक्ष पदका आकांक्षी रहेका छन् । अाकांक्षीकाे संख्या बढेकाेले उम्मेदवारी चयनमा माओवादीलाइ सकस पर्ने देखिएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal