आज :

‘अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धालाई राज्यले सम्बोधन गर्नुपर्छ’

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धा उठाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

महासंघको ‘अपाङ्गता तथा द्वन्द्वपीडित समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारितामा नेपाल बोल्नुपर्ने भन्दै त्यसमा आपांगता तथा द्वन्द्वपीडित पनि भएको उनीहरुको पक्षमा महासंघ लाग्ने बताए । उनले राज्य र नीजि क्षेत्रका संचारमाध्यम अपांगमैत्री हुनुपर्नेमा जोड दिँदै अपांग र द्वन्द्वपीडित पत्रकारका घटना प्रकृति फरक फरक भएपनि समस्या एउटै भएको बताए ।

अध्यक्ष पोखरेलले विगत शसस्त्र द्वन्द्वको क्रममा पत्रकार मारिएका, बेपत्ता भएका र पीडित भएको बताउँदै उनीहरुका परिवार र सन्ततीको लागि महासंघले केही योगदान गर्न सकोस् भनेर समिति बनाइएको बताए । महासंघ सबै पत्रकारहरुको अभिभावक संस्था भएकोले समस्या समाधानको लागि पहल गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लेखा समितिका संयोजक लेखनाथ न्यौपानेले महासंघ नीतिगत रुपमा अपांगमैत्री भएको बताउँदै अब त्यसलाई व्यवहारिक रुप दिन सबै एकजुट हुनुपर्ने बताए । उनले पत्रकारका समस्या समाधानको लागि महासंघ विगतदेखि नै लागिरहेको र अब पनि लाग्ने प्रतिवद्धता जनाए ।

महासंघको पहलमा सरकार पूर्व केन्द्रीय सदस्य तथा श्रमजीवि पत्रकार संगठन नेपालका अध्यक्ष जन्मदेव जैसीले विगतमा आफ्नो नेतृत्वमा रहेको ‘द्वन्द्वपीडित पत्रकार हित संरक्षण समिति’ ले द्वन्द्वपीडित पत्रकारको पेशा र भौतिक सुरक्षाको लागि नीतिगत रुपमा केही काम सुरु गरिएको बताए । उनले त्यसलाई मूर्त रुप दिन वर्तमान नेतृत्वलाई सुझाव समेत दिँदै जैसीले आफू आपांग तथा द्वन्द्वपीडित पत्रकारका समस्या समाधानको लागि लागिपर्ने बताए ।

त्यसैगरी महासंघका पूर्व केन्द्रीय सदस्य माधव चौलागाईले आफूले अपांग पत्रकारहरुको लागि मैत्रीपूर्ण वातावरण बनाउन भूमिका प्रयास गरेपनि त्यसलाई मूर्तता नपाएको बताए । उनले महासंघका देशैभर शाखाबाट आपांग पत्रकारको अभिलेख मागेको बताए । भौतिक अवस्थाकै कारण सरकारी तथा नीजि संचारमाध्यमहरुले गरिने व्यवहार गलत भएको चौलागाईले बताए । राज्यका हरेक निकायमा अपांग पत्रकारलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा समितिका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले आपांग तथा द्वन्द्वपीडित पत्रकारहरुलाई सम्मानका साथ पेशा लाग्ने वातावरण बनाउने पर्ने बताए । द्वन्द्वपीडित पत्रकारले समाज रुपान्तरणको लागि ठूलो योगदान दिएको बताउँदै रिजालले उनीहरुको पहिचान गराउनु पर्ने बताए ।

द्वन्द्वपीडित पत्रकारहरुको अभिलेख राखेर ‘गणतन्त्र सेनानी’ पत्रकार परिचय पत्र दिनुपर्ने बताउँदै त्यसको लागि महासंघले सरकारसँग पहल गर्नुपर्ने बताए । जनयुद्धमा मारिएका पत्रकारका आफन्तहरुलाई पहिचान र सम्मान तथा राज्यले अवस्था हेरी सेवा सुविधा उपलब्ध गराउनुपर्ने रिजालले धारणा राखे ।

कार्यक्रममा जनयुद्धका क्रममा घाइते भएका पत्रकार दिपेन्द्र रावलले समाजको लागि आफूहरुले रगत र पसिना दिएपनि त्यो महशुस गर्न नपाएको बताए । उनले द्वन्द्वपीडित र अपांग पत्रकार घटना प्रकृति फरक फरक भएपनि समस्या एउटै भएको बताउँदै अपांगमैत्री संचारमाध्यम हुनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा राष्ट्रिय अपांग पत्रकार संघका अध्यक्ष रविन थपलिया, जगदिश अधिकारी, रक्तिम दैलेखी, सिर्जना बिकलगायतले धारणा राखेका थिए । उनीहरुले आफूहरुलाई भौतिक सहजताका साथ सम्मानका साथ पेशामा लाग्ने बतावरण बनाउन महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । अपांग पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिनु पर्ने, पत्रकार महासंघको सदस्यता सहज रुपमा प्राप्त गर्ने वातावरण बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal