आज :

दृष्टि सम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक र नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बिचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डे र नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रो.डा.चेतराज पन्तले हस्ताक्षर गरेका हुन् ।

यसै क्रममा सानिमा बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका नेपाल नेत्र ज्योति संघ मातहतमा संचालित आँखा उपचार केन्द्र तथा अस्पतालमा आँखा सम्बन्धी रोगको उपचार तथा उपकरण खरिदका लागि आर्थिक सहयोग उपलब्थ गराउने छ ।

सानिमा बैंक लिमिटेडले विगतमा पनि दृष्टि सम्बन्धी समस्याको रोकथाम र न्यूनीकरणको लागि संघसँग सहकार्यको काम गर्दै आएको अवस्थामा यस समझदारीले सम्बन्धित प्रदेशका लक्षित वर्गमा दृष्टि सम्बन्धी समस्याको समयमै पहिचान, रोकथाम तथा उपचारमा अझ बढि टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal