आज :

मेलम्चीको पानी नयाँ वर्षसँगै काठमाडौंबासीका घरघरमा

काठमाडौं । आज २०७८ सालको अन्तिम दिन । बर्षको बाढीले बाँध बगाएको अवरोध भएको मेलम्चीको पानी हिजोबाट मूल सुरुङमा पठाइएको छ । पहिरोले बाँध भत्काएपछि ८ महिना पुनर्निर्माण गरी मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’ गरी पानी पुन: पठाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

हिजोबाट मूल सुरुङमा पठाइएको पानी नयाँ वर्षसँगै काठमाडौंबासीको घरघरमा पुग्नेछ । सबै तयारी पूरा भएपनि मूल सुरुङ भरिन पुनः परीक्ष लगायतका कामहरु पूरा हुन केही लाग्ने र बैशाखको दोस्रो काठमाडौं आइपुग्नेछ । पानी मूल सुरुङमा पठाउने कार्यको उद्घटनामा निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री शेरबहादुर देउवा नै सहभागी हुने भएनन् ।

सिन्धुपाल्चोकको अम्बाथानमा मलेम्चीमा मेलम्चीको पानी पुनः पथान्तरण शुभारम्भ कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले भने सहभागी भएका थिए । उनले  मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएको बताएका थिए । यसअघि १९ चैतमा मेलम्चीको डाइभर्सन सुरुङमा पानी हाल्दा पनि मन्त्री चौधरीले शुभारम्भ गरेका थिए ।

अहिलेसम्म मेलम्ची सातौं औपचारिक उद्घाटन भइसकेको छ । २१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् । मगर हटेपछि खाने मन्त्री भएका मणीचन्द्र थापाले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए । १५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् । तर, गत १ असारमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र ठूलो क्षति पुर्याएको थियो । त्यो भन्दा पहिले नै पानी बन्द गरिएकोले सुरुङमा क्षति पुगेन । उनका अनुसार करिव दुई साता भित्रै मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ । त्यसपछि योजनाको संजालमार्फत पानी धारमा पठाइने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal