आज :

भ्रष्टाचारमा जेल परेका शहबाज पाकिस्तानका नयाँ प्रधानमन्त्री

काठमाडौं । पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे २३औं प्रधानमन्त्री निर्वाचित भएका छन् । भ्रष्टाचार  आरोपमा शहबाजलाई इमरान खान सरकारले जेल पठाएको थियो । उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ समेत हुन् ।

मुख्यमन्त्री समेत भएका शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्ष गठबन्धनले साझा रुपमा प्रधानमन्त्रीको उम्मेदवारको बनाएको थियो । साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा शहबाजको पक्षमा एक सय ७४ मत प्राप्त परेको थियो । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाएनन् ।

यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल असेम्बली) बाट राजीनामा घोषणा गरेका थिए ।

पदमुक्त पछि इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएकाे बताएका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव पारित भएको थियो । योसँगै खान मुक्त भएका थिए । खान चीन र रुस नजिक भएको भन्दै अमेरिकाले सेनालाई उचालेर सरकार ढालेको खानको पार्टीका नेताहरुले बताएका छन् ।

खानको पालामा शहबाज शरीफमाथि लेनदेनसँग जाेडिएकाे एउटा मुद्दा चलिरहेकाे छ र यसकाे सुनुवाई अप्रिल २७ मा हुने तय भएकाे छ । यसैबीच अदालतले अप्रिल २७ सम्म पक्राउ गर्नका लागि राेक लगाएकाे छ । खानको सरकारले शहबाजलाई जेल पठाएपनि अदालतले असहयोग गरेको बताइएको छ ।

सन् २०१८ मा इमरान खान सत्तामा आउनुअघि ७० वर्षीय शरिफले पाकिस्तानको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्रीका रूपमा काम गरिसकेका थिए ।

पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएलएन)को नेतृत्व गर्ने उनले प्रभावकारी र मिहिनेतसाथ काम गर्ने व्यक्तिको रूपमा ख्याति कमाएका छन्। उनलाई पूर्वाधारमा उल्लेख्य सुधार गरेको श्रेय समेत दिइन्छ।

धेरैले शरिफपछि मुख्यमन्त्री बनेका उस्मान बुज्दारप्रति निराशा पोख्दै उनको तुलना गर्छन् जसको व्यापक रूपमा कम योग्य र अक्षम भनेर आलोचना हुने गरेको पाइन्छ।

भ्रष्ट चरित्र भएका नवाज झैँ शहबाजले समेत भ्रष्टाचारको आरोप खेपिरहेका छन् । शहबाजले केही समय जेलमै बिताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal