आज :

पाँच दलीय गठबन्धनको बैठकः तालमेलको टुंगो लगाउने, निर्वाचनबारे संयुक्त अपील जारी गर्ने

काठमाडौं । सत्ता गठबन्धन पाँच दलले संयुक्त अपील जारी गर्ने अन्तिम तयारीमा जुटेका छन् । स्थानीय तह निर्वाचन र समसामयिक विषय समेटेर संयुक्त अपिल जारी गर्ने बताइएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकले संयुक्त अपील जारी गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने शीर्ष नेता समक्ष प्रस्ताव गर्ने पनि निर्णय गरेको छ ।

यस्तै बैठकले प्रदेश र जिल्लाले २०७८ चैत्र मसान्त भित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा निर्णय पठाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

सत्ता गठबन्धन दलहरुले जिल्ला जिल्लामा पनि गठबन्धन गर्ने निर्णय गरिरहेका छन् । तर धेरै जिल्लाहरुले अझै निर्णय गरिसकेका छैनन् । जिल्लाले निर्णय गरेका ठाउँमा पनि सम्बन्धित पालिका स्तरिय नेताहरुले आफ‍ू अनुकुल हेरेका कारण गठबन्धनमा केही समस्या पनि देखिएका छन् ।

संयुक्त अपील र स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिका सदस्य केशवराज जोशीका अनुसार गठबन्धन पाँच दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैंठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउने बताइएको छ ।

स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्ता गठबन्धनले भागबण्डाको भने टुंगो लगाइसकेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal