आज :

समृद्ध नेपाल सहकारी संस्थाका कार्यकारी प्रमुख शाही अरु तीनवटा सहकारीको पनि अध्यक्ष

काठमाडौँ । समृद्ध नेपाल सरकारी संस्था लिमिटेडका प्रमख कार्यकारी टेकबहादुर शाही तीनवटा अन्य सहकारी संस्थाका अध्यक्ष रहेको भन्दै उजुरी परेको छ ।सहरकारी ऐनअनुसार एकभन्दा बढी सहकारीको कार्यकारी पदमा बस्न नमिल्दैन ।

शाही दिगो बिकास कृषि सहकारी संस्था लिमिटेड चितवनको सञ्चालक, अध्यक्ष, प्रयत्न बहुमुखी सहकारी संस्था लिमिटेड कोहलपुर बाँकेको सञ्चालक, अध्यक्ष र दियालो बहूउद्देश्यीय सहकारी संस्था जुम्लाको सञ्चालक, अध्यक्ष समेत रहेका छन् । उनले यो जिम्मेवारी आफ्नो फेसबुक अकान्टमा समेत उल्लेख गरेका छन् । फरक फरक जिल्ला र प्रदेशमा दर्ता भएका सहकारीको अध्यक्ष तथा संचालक हुन सहकारी ऐनअनुसार नमिल्दैन तर उनी भइरहेका छन् ।

तीन वटा सहकारी अध्यक्ष हुँदाहुँदै शाहीलाई २०७७ असार ५ गतेदेखि समृद्ध नेपाल सहकारीका कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् । उनको नियुक्त पनि संचालक समितिको अल्पमतले गरेको एक संचालक समिति सदस्यले बताए ।

समृद्ध नेपाल सहकारीबाट केही समयअघि मात्रै राजिनामा दिएका दलबहादुर बिसीले माघ २० गते शाहीलाई सहकारी ऐनअनुसार कार्यकारी प्रमुख हुन नमिल्ने भन्दै पदमुक्त गरेका थिए । तर, बिसीले नै पछि शाहीलाई पुनः कार्यकारी प्रमुखमा ल्याए ।

त्यसैगरी संस्थाको सचिव प्रकाश आचार्य प्रयत्न बहुउद्श्यीय सहकारी संस्था कोहलपुरको सञ्चालक समिति सदस्य र सहसचिव पौडेल दिगो बिकास कृषि सहकारी संस्था चितवनको सञ्चालक र कोषाध्यक्ष रहेको, कोषाध्यक्ष बन्दना दिगो बिकास कृषि सहकारी संस्था चितवनको ब्यबस्थापक कर्मचारी रहेको भन्दै केही शेयर सदस्यहरुले सहकारी विभागमा दिएको उजुरी दिएका छन् ।

उजुरीमा एकभन्दा बढी सहकारीको जिम्मेवारी लिन नपाउने सहकारी ऐनमा उल्लेख भएपनि समृद्ध नेपाल सहकारीमा ऐनको धज्जी उडाउँदै दोहोरो, तेहोरोसम्मको जिम्मेवारीमा रहेका व्यक्तिहरु यस सहकारीको संचालक वा कार्यकारी जिम्मेवारीमा रहेका छन् । ऐन विरोध कार्य भएको बताउँदै विभागमा दिएको उजुरीमा कारवाहीको माग गरिएको छ ।

विभागमा उजुरी दर्ता गर्ने शेयर सदस्यहरुले समृद्ध नेपाल कृषि सहकारी संस्थामा हालका सञ्चालक समितिका कार्यकारी अधिकृत र पदाधिकारीहरुले यस सहकारीको देशभर कार्यक्षेत्र रहेकोले आफ्ना सहकारी संस्थासँग गाभ्ने नियतका साथ किर्ते काम भइरहेको एक शेयर सदस्यले दाबी गरे ।

यस विषयमा कार्यकारी प्रमुख शाहीले आफूले अरु सहकारीको जिम्मेवारीबाट राजिनामा दिइसकेको बताए । उनले आफूलाई नियुक्त गर्दाकाे समयमा अन्य सहकारीकाे अध्यक्ष रहेकाे स्वीकार गरेका छन् । उनले असारमा नियुक्ति लिएर भदाैतिर अन्य सहकारीको कार्यकारी पदबाट राजिनामा दिइसकेको अनलाइन डबलीसँग बताए । समस्याग्रस्त रहेको सहकारीमा आफू आएपछि राम्रो भइरहेको शाहीले दाबी गरे । उद्देश्यभन्दा बाहिर गएर कुनैपनि काम नगरेको समेत शाहीले बताए । यसअघि अध्यक्ष बिसीले पदमुक्त व्यक्तिगत रिसिबीका कारण गरिएको शाहीको दाबी छ ।

तर, तीन दिनअघि मात्रै झापा शाखामा गरिएको अनुगमनको क्रममा ९० प्रतिशत कार्य उद्देश्यभन्दा बाहिर रहेर सहकारीले कार्य गरिरहेको सरकारी अधिकारी बताउँछन् । सहकारीका कर्मचारीहरुले आफूहरुलाई नियुक्ति नदिएको, श्रम शोषण भइरहेको भन्दै विभागमा उजुरी समेत दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal