आज :

आज चैत्रे दशैं मनाइँदै

काठमाडौं । आज चैत्रे दशैं मनाइँदैछ । हरेको चैत शुक्ल अष्टमीका दिन यो दशैं मनाइन्छ । विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले आज दशैं मनाइन्छ । हिन्दूहरुले एक वर्षमा दुईपटक दसैं मनाउने गरेका छन् ।

असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैते दसैं असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

दसैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal